एनआरएनए ओमानले छान्यो झाको नेतृत्वमा सर्वसम्मत  नयाँ कार्यसमिति

news-details

गैरआवासीय नेपाली सोसल क्लब ओमानले सर्वसम्मत नयाँ कार्यसमिति छानेको छ । शुक्रबार सम्पन्न साधरण सभाले विकल झाको नेतृत्वमा नयाँ कार्यसमिति नै सर्वसम्मतले चयन गरेको हो।

सन् २०२१–२३ का लागि एनआरएनए ओमान नयाँ नेतृत्व छान्ने पहिलो एनसीसी भएको छ । एनआरएनको सञ्जाल भएको कुनै देशले नेतृत्व चुनेका छैनन् । ओमानमा एनआरएनए नै सामाजिक संस्थाका रुपमा गैरआवासीय नेपाली सोसल क्लबको नाममा दर्ता छ ।

झा नेतृत्वको नयाँ कार्यसमितिमा महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।

साधरण सभाले सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकको जिम्मेवारी दिएको छ । प्रवक्तमा भने महेन्द्र तिवारी चुनिएका छन्।

यसैगरी, सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएका छन् ।

त्यस्तै निवर्तमान अध्यक्ष क्याप्टेन सेवन्त पुर्जालाई प्रमुख संरक्षकमा मनोनित गरिएको छ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसीसीदेखि विभिन्न एनसीसीका प्रतिनिधिहरु अथितिका रुपमा सहभागी थिए । निवर्तमान अध्यक्ष सेवन्त पुर्जाको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधरण सभाको सञ्चालन सुसिल पुन मगरले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *