यो साता कोरोना संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन

news-details

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ । डा सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने २ लाख ७१ हजार ८ सय १५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *