गैरआवासीय नेपाली सोसल क्लब ओमानको छैटौ महाधिवेशन यहि आउने अप्रिल ९ का दिन हुने भएको छ । अनलाईन प्लेटफर्ममा बसेको क्लबको बैठकले अन्य बिभिन्न निर्णयलगायत उक्त मितिमा महाधिवेशन गर्ने निर्णय गरेको महासचिव रविन शिल्पकारले जानकारी दिएका छन ।
बर्तमान कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै तथा स्थानिय मन्त्रालयको निर्देशन अनुसार क्लबको महाधिवेशन अनलाईनमार्फत हुने र महाधिवेशनको मिति तय भएसँगै सदस्यता नविकरण र बितरणसँगै महाधिबेशनको तयारी शुरु भएको क्लबले जनाएको छ ।
यस्तै क्लबको महाधिवेशन मितिभन्दा १५ दिन अगावै क्षेत्रिय समन्वय समितिको पनि महाधिवेशन सम्पन्न गर्न क्षेत्रिय समन्वय संयोजकहरुलाई निर्देशन दिइएको महासचिव शिल्पकारले बताए ।
सोसल क्लबको निर्वाचन उम्मेद्बारी फारम संस्थाको अधिकारिक पेज/अनलाईनमार्फत प्राप्त गर्न सकिने क्लबले जनाएको छ ।









