कतारमा खुट्टा गुमाएका छवीलाललाई एनआरएन कतारको साहारा

news-details

रोजगारका लागि कतार पुगेका छबीलाल बुढा सड़क दुर्घटनामा परेर एउटा खुट्टा गुमाएपछि गैरआवासीय नेपाली संघ कतारले उनलाई साहारा प्रदान गरेको छ ।

एनआरएनए कतारले खुट्टा गुमाएका छवीलाललाई आइतबार ह्वील चियर उपलब्ध गराएको हो । खुट्टा नहुँदा पनि कम्पनीमा वाचमेनका रुपमा कार्यरत छवीलाललाई ह्वीलचियर नहुँदा समस्या परेको थियो ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारको परोेपकारी संस्था कतार रेडक्रिसेंटमार्फत छवीलाललाई ह्वीलचियर प्रदान गरेका हुन् । ह्वीलचियर पाएपछि काम गर्न सजिलो हुने छवीलालको भनाई छ ।

‘उहाँको केहि थप अफिसियल डकुमेन्ट उपलब्ध पश्चात कृतिम खुट्टा जडान हुनेछ’ अध्यक्ष मुसलमानले रोजगारमञ्चलाई जानकारी गराए ।

अध्यक्ष मुसलमानले भनेका छन्–‘ यदि यस्ता किसिमका समस्यामा रहनुभएका नेपाली दाजुभाई दिदिबहिनीहरुले गैरआवासीय नेपाली संघ, कतारलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *