एनआरएनएको विश्वव्यापी ‘टेलि–हेल्थ’ सेवा सुरुवात, यस्तो छ विशेषता

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार १२ फेब्रुअरी २०२१ देखि शुभारम्भ गरिएको छ ।

यस टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँ मा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्नेछन । उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन ।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घााटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले जिज्ञासा वा समस्याको सम्बोधन गर्नेछन र उचित परामर्श दिनेछन ।

यति मात्रै होइन, मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएका छन । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू यस कार्यक्रममा सहभागी छन् ।

यो टेलिहेल्थ कार्यक्रम बाट कसरी सेवा लिने ?

तपाईले आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, तपाईले इमेल [email protected] मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सक्नुहुनेछ ।

टेलिहेल्थ कार्यक्रमबाट सेवा प्राप्त गर्न शुल्क लाग्छ ?

यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । यो नितान्त निशूल्क कार्यक्रम हो, जुन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको हो ।

के यो कार्यक्रमले विशेषज्ञ र परामर्शदाताहरुलाई सेवा शुल्क प्रदान गर्दछ ?

यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

टेलिहेल्थ कार्यक्रममार्फत कस्ता खाले स्वास्थ्य समस्याबारे जानकारी लिन सकिन्छ ?

विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट तपाईले फोन (Viver, WhattsApp) वा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सक्नुहुनेछ । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ ।

यो टेलिहेल्थ कार्यक्रमले के गर्दैन ?

यसले आपतकालीन स्वास्थ्य सेवाहरू प्रदान गर्दैन । टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईलाई आवश्यक औषधी उपलब्ध गराउन सक्दैन । सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । यदि तपाईलाई गम्भीर र आपतकालिन समस्या परे तपाईले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

यस कार्यक्रमले कसरी बिरामीको जानकारी गोप्य राख्न निश्चित गर्दछ ?

यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । हामीसँग भएको प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राख्न सुनिश्चित गर्छ । डाक्टर र विशेषज्ञ बाहेक ब्यक्ती को स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहान्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ ।

डाँफे केयर के हो र यस टेलि–हेल्थ कार्यक्रममा यसको भूमिका के हो ?

डाँफे केयरले धेरै जसो नेपालमा, तर विदेशमा पनि, धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ । स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्न डाँफे केयर सँग मिलेर काम गर्नेछ ।
नेपालीहरु मलेसियामा हन् वा टर्कीमा, नाइजेरियामा हुन् वा कुवेतमा हाम्रा विशेषज्ञहरुले सबै जनालाई टेलिहेल्थ परामर्श दिनेछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *