यो साता कोरोना संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन

news-details

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा २ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १ सय २१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

धमाधम खोप लगाउँदै

पछिल्लो समय अमेरिकामा ५ हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टर, नर्स, जेष्ठ नागरिक र पहिले कोराना संक्रमण भइसकेकाहरुले खोप लगाएका हुन् ।

यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा. बोधराज सुवेदीका अनुसार यूरोपमा २ हजार ५ सय नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकिय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *