जव एनआरएनएले पूर्णबहादुरको खुशी २० बर्षपछि फर्कायो …

news-details

मलेसियामा २० बर्षदेखि बसिरहेका नुवाकोटका पूर्णबहादुर श्रेष्ठलाई एनआरएनएले स्वदेश फर्काएर पारिवारिक मिलन गराइदिएको छ । वैदेशिक रोजगारका लागि मलेसियामा पुगेका श्रेष्ठ बिचल्ली परेपछि एनआरएनले स्वदेश फर्काएको हो ।

एनआरएनएले श्रेष्ठको पारिवारिक मिलन गराइदिएर उनको २० बर्षदेखि हराएको खुशी फर्काइदिएको छ । उनी बर्षौपछि आफ्नो देश र परिवार भेट्न पाउँदा मख्ख परे । काठमाडौं झर्ना साथ श्रेष्ठले आफ्नो छोरालाई भेटेपछि हर्षले भावबिहोल बने ।

स्वदेश फर्कन सफल श्रेष्ठ ११ महिनाअघि मलेसियामा गम्भीर दुर्घटनामा परेका थिए । मलेसियामा दुई वर्ष काम गरेपछि उनले कार्यतर कम्पनी छाडेको थिए । त्यसयता उनी बिनाकागजात बसिरहेका थिए ।

११ महिनाअघि गम्भीर दुर्घटनामा परेका श्रेष्ठलाई उनका नातेदार तथा साथीभाइले सहयोग गर्दै आएका थिए । उपचार गर्न उनीसँग पैसा थिएन । ‘श्रेष्ठबारे हाम्रा स्वंमसेवकले सूचना पाउनसाथ तुरुन्त सहयोग उपलब्ध गराइ स्वदेश फिर्ता प्रक्रिया सुरु गरेका थियौं’ एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए ।

‘श्रेष्ठबारे थाहा पाउनासाथ उनलाई खाद्यान्न सहयोगदेखि नेपाल फर्काउन आवश्यक ट्राभल डकुमेन्ट, पिसिआर परीक्षण, अध्यागमन जरिवानादेखि हवाई टिकटसम्म हामीले उपलब्ध गरायौं,’ अध्यक्ष भट्टराईले जानकारी दिए ।
मलेसियास्थित नेपाली दूतावास र एनआरएनएका स्वयंमसेवीले नेपालमा रहेका एनआरएनए स्वयंसेवीहरूसँग समन्वय गरी श्रेष्ठलाई नेपाल ल्याइएको थियो ।

एनआरएनएका अनुसार उपयुक्त कागजात नभएका कारण श्रेष्ठ तीन वर्ष मेलेसियाको जेलमा थुनिएका थिए । श्रेष्ठले नेपालमै उपचार गर्ने इच्छा गरेका छन् । उनका छोराले उपचार पूरा भएपछि नुवाकोटमा पारिवारिक होटल व्यवसाय सञ्चालन गर्ने चाहना व्यक्त गरेका छन् ।

एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम एनआरएनए आइसीसी उपाध्यक्ष डा. बद्री केसीले संयोजन गरिरहेका छन् ।

एनआरएनले अहिलेसम्म झण्डै ६ हजार जनालाई प्रत्यक्ष सहयोग गरिसकेको तथा भोलिका दिनमा पनि गर्ने एनआरएनएले जनाएको छ । कोभिडका कारण विदेशमा कुनै समस्या भएमा या घरफिर्तिका लागि सहयोग आवश्यक भएमा एनआरएन एनसीसी तथा आइसीसीसँग सम्पर्क राख्न एनआरएनले अपील गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *