एनआरएन कतारले ८ हजार ४ सय २३ जना श्रमिकलाई बाँड्यो राहत

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका ८ हजार ४ सय २३ जना नेपालीहरुलाई राहत वितरण गरेको छ । एनआरएन कतारले २३ औं चरणको राहत वितरण कार्यक्रमसम्ममा ती नेपालीले  सहयोग पाएका हुन् ।

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णय अनुसार कतार च्यारेटी मार्फत प्राप्त खाद्यान्न सामाग्री राहतस्वरुप एनआरएन कतारले वितरण गरेको हो ।

कतारमा रहेका विभिन्न नेपाली संघ संस्थाहरूबाट प्राप्त र उद्दार तथा राहत समितिमा आएका समस्याको बिबरण अनुसार एनआरएन कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले अहिलेसम्म २३ औं चरणमा राहत वितरण गरिसकेको छ । गत १० अक्टोबरदेखि २६ डिसेम्बर २०२० का दिन सम्म खाद्यान्नको समस्याको विवरण अनुसार ४ सय ८९ जना समस्यामा परेका नेपाली श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाडिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराए ।

अहिलेसम्म कुल ८ हजार ४ सय २३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न बाडिएको अध्यक्ष मुसलमान बताउँछन् ।

विषम परिस्थितिमा कतार सरकारले आफ्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि सम्मान ब्यहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको एनआरएन कतारको भनाई छ । कतारमा रहेका नेपालीहरुका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए कतारले हरेका समस्याको हल गर्दै नेपाली श्रमिकहरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको अध्यक्ष मुसलमानले जानकारी गराए ।

राहत बितरणका लागि नेपाली दूतावास कतार, एनआरएन आईसीसी प्रतिनिधिहरू, एनसीसी प्रतिनिधिहरू, उद्दार तथा राहत वितरण समितिहरु तथा सदस्यहरू, पत्रकारहरू तथा सम्पूर्ण स्वयमसेवक सदस्यहरू सहभागी रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *