एनआरएनए कतारको निःशुल्क स्वास्थ्य परीक्षण

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले कतारको नेशनल डेको (१८ डिसेम्बर) अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

एनआरएन कतारले कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य परीक्षण गरेको हो । ‘स्वास्थ्य नै ठूलो धन हो’ भन्ने सन्देश दिनका लागि एनआरएनए कतारले नेपाली कामदारहरुका लागि स्वास्थ्य शिविर संचालन गरेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिविरमा कतारमा कार्यरत नेपाली, विभिन्न संघसंस्थाका पादाधिकारी तथा एनआरएनका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।  प्रवासमा रहँदा आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न प्रेरित गर्न समेत कार्यक्रम आयोजना गरिएको एनआरएन कतारको भनाई छ ।

कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने सबैमा एनआरएनए कतारका अध्यक्ष मुसलमानले हार्दिक आभार व्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *