गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकालाई रक्त संकलन बस हस्तान्तरण गरेको छ ।

शुक्रबार सम्पन्न हस्तान्तरण कार्यक्रममा भरतपुर महानरगपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती साही ठकुरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष डा बद्री केसी, सचिव राजेन्द्र कुमार शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह लगायत विभिन्न देशका एनआरएनए नेतृत्वहरुको उपस्थितिमा उक्त घुम्ती बस हस्तान्तरण गरिएको हो ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

उक्त हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गैरआवासीय नेपाली संघले देश व्यापिरुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै भरतपुर महानगरका लागि रक्त संकलन बस हस्तान्तरण गरेर संघले अतुलनिय र अमूल्य योगदान पुर्याएको भन्दै खुसी व्यक्त गरेकी थिइन् ।

संघका उपाध्यक्ष डा बद्री केसीले नेपालीहरु रहरले नभइ कहरले विदेश गएको भन्दै विदेशमा सिकेको सिप र आर्जन गरेको धन नेपालकै लागि लगानी गरेको बताए । उनले नेपालमा बसेका नेपाली जति आफ्नो देशको समृद्दिका लागि चिन्तित छन् त्यति नै विदेशमा बस्ने नेपाली पनि चिन्तामा रहेको बताए ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीले महानगरका जनताको स्वास्थ्यका लागि अति आवस्यक रहेको घुम्ती बस पाउँदा खुसी लागेको बताउँदै संघलाई धन्यवाद दिएका थिए ।

त्यस्तै संघका सचिव आरके शर्माले विदेशमा वा स्वदेशमा जहाँ पनि अप्ठ्यारोमा परेका नेपालीहरुका लागि संघले सहयोग तथा सहकार्य गर्दै आएको बताउँदै ४ सय भन्दा बढी गैरआवासीय नेपालीको सहयोगमा उक्त बस हस्तान्तरण गरिएको बताएका थिए ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

संघका कोषाध्यक्ष लोक प्रसाद दाहालले एक महिनाको अभियानमा उक्त बस हस्तान्तरण गर्न सफल भएको बताउँदै भरतपुर महानगरबाट सुरु गरेको यो बस हस्तान्तरण कार्यक्रमलाई सातवटै प्रदेशमा पुर्याइने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका प्रतिनिधि सुनिल अर्याल लगायत विभिन्न दल तथा क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तित्वहरुले मन्तव्य दिएका थिए ।

एनआरएनएद्धारा भरतपुर महानगरलाई ‘रक्त संकलन घुम्ती बस’ हस्तान्तरण

संघका अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको पहलमा सुरु गरिएको परियोजना नेपाल रेडक्रस सोसाइटी चितवनसँग सहकार्य गरि प्रतिकुल समयमा पनि रगत संकलन गर्नका लागि सहज होस् भन्ने उद्धेश्यसहित घुम्ती बस हस्तान्तरण गरिएको बताइएको छ ।