युएईमा कम्पनी बन्द भएर बिचल्लिमा परेका ८६ जना नेपाली कामदारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरेर स्वदेश फर्काएको छ ।
एनआरएनएले उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा संचालन गरिरहेको ‘एनआरएनए कोभिड–१९ रेस्पोन्स, रिलिफ एण्ड रिपार्टेशन प्रोजेक्ट’अन्तर्गत विगत २ महिनादेखि युएईमा रहेको अरबटेक कम्पनी बन्द हुदा अलपत्र बन्न पुगेका ती नेपाली श्रमिकलाई उद्धार गरेर नेपाल ल्याइपु¥याएको हो ।

सोमबार राती त्रिभुवन विमानस्थल आइपुगेका ती कामदारको व्यवस्थापनमा जुटिरहेका एनआरएनए कोभिड–१९ रेस्पोन्स प्रोजेक्ट मेनेजर राजेन्द्रकुमार राउतले कम्पनी बन्दभएदेखि नेपाल ल्याउदासम्म समस्यामा परेका श्रमिकहरुको व्यवस्थापनमा आफुहरु जुटेको बताए ।
‘कम्पनी बन्द भएर अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ति नहुदासम्म आवश्यक खाने बस्ने व्यवस्थादेखि लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि घरसम्म पु¥याउने व्यवस्थापन हामीले गरेका हौ’ प्रोजेक्ट मेनेजर राउतले भने –‘भोलीका दिनमा पनि यसरी समस्यामा परेका नेपाली श्रमिकलाई उद्धार गरेर स्वदेश ल्याउने काम जारी नै राख्ने छौ, यदी कोभिडका कारण कुनै समस्या भएमा या घरफिर्तिका लागि सहयोग आवश्यक भएमा हामीसँग सम्पर्कका लागि अनुरोध गर्दछौ ।’

एनआरएनएले उद्धार गरेर स्वदेश ल्याईपु¥याएका ती नेपाली कामदारहरुमध्ये केहिलाई सोमबार रातीनै विमानस्थलबाट घरसम्म पु¥याउने काम सम्पन्न भएको र बाकीलाई काठमाडौमा बस्ने व्यवस्था मिलाएर घर पठाइने तयारी गरेको प्रोजेक्ट मेनेजर राउतले बताए ।
त्रिभुवन विमानस्थलमा उद्धार गरि ल्याइपु¥याएपछिको भिडियो हेर्नुहोस








