एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा पहिलो युवा सम्मेलन गर्ने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा पहिलो युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका संयोजक दिपक कंडेलले सम्मेलनको आयोजना गर्न लागिएको र पछिल्लो चरणमा कार्यक्रमको सम्पुर्ण तयारी भएको बताएका छन।

अनलाईन जुमको माध्यमबाट संचालन गरिने भर्चुअल सम्मेलनको आवश्यक सम्पुर्ण तयारी पुरा भएको एसिया प्यासिफिक युवा कमिटिका संयोजक दिपक कँडेलले बताए । कँडेलका अनुसार बिश्व भरि छरिएर रहेका युवाहरु राष्ट्र निर्माण एकिकृत गराउने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको समेत बताउनु भयो । युवा, नबिनता र राष्ट्र निर्माण मुल नारा रहेको उक्त सम्मेलनमा एसिया क्षेत्रमा रहेका राष्ट्रका एनआरएनए भित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको आगि युवाको भूमिका र आजको आबश्यकता सम्बन्धित बिषयहरुमा छलफल र बहस गर्ने समेत जानकारी गर्नुभयो । उक्त पहिलो एसिया प्यासिफिक सम्मेलनमा ५ सेशनमा कार्यक्रम हुने पनि युवा संयोजक दिपक कंडेलले जानकारी गराउनु भयो ।

युवा तथा खेलकुद मन्त्रि माननिय जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा संचालन हुने उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तको बिशेष अतिथि, नेपाली काग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्रि माननिय गगन थापा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, माननिय डा डिला संग्रौला, नागरिक समाजका अध्यक्ष निगम हुँमागाई लगायतको उपस्थितिमा कार्यक्रम हुन लागेको छ ।
कार्यक्रममा छलफलका बिषयहरु:-

* 21st Century Skills For Nepali Youth
* Knowledge Exchange and 2nd Generation NRN Youth
* Scientific Agriculture System and Potential of Nepali Youth
* Start Up Opportunities and Challenges for NRN Youth in Nepal
* Asia Pacific Cultural Exchange

उक्त प्यासिफिक सम्मेलनको पहिलो सेसन 21st Century Skills For Nepali Youth मा कार्यक्रमका प्रमुख अतिथि माननिय युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङ्गेल, एनआरएनए आईसिसिका सदस्य खगेन्द्र ढकाल, नेपाली काग्रेसका नेता तथा सांसद माननिय डिला संग्रौला, नागरिक समुहका अध्यक्ष निगम हुमागाई, राजन कुमार पौडेल बिच २१ औँ सताब्दीका बिश्वभरि छरिएर रहेका नेपाली युवाले सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा छलफल र बहस हुने युवा संयोजक दिपक कंडेलले बताए । उक्त कार्यक्रमको संयोजन भने एनआरएनए जापानका सदस्य सुरेश गिरीले गर्ने भएका छन ।

Knowledge Exchange and 2nd Generation NRN Youth

एसिया प्यासिफिक युवा कमिटिद्धारा आयोजना गरिएको युवा सम्मेलनको दोस्रो सेसनमा भने Knowledge Exchange and 2nd Generation NRN Youth को बारेमा छलफल तथा बहस गरिने पनि युवा कमिटिका संयोजक दिपक कडेलले बताए । उक्त सेसनमा डा. बिजय ज्ञवाली, अनिल थपलिया, डा.निकोलस भुसाल र डा.मनु कार्कीको उपस्थितिमा छलफल तथा बहस गरिने बताइएको छ । उक्त कार्यक्रमको संयोजन भने गैर आवासीय नेपाली संघ जापानका महासचिब जनक बिक्रम शाहीले गर्नेछन ।

Scientific Agriculture System and Potential of Nepali youth मा भने नेपाल सरकारका बिभिन्न मन्त्रालय तथा बिभागको प्रतिनिधित्व गर्दै सचिब तथा सह–सचिबहरुले आ–आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा भने कृषि बिकास मन्त्रालयका सह सचिब डा. रामकृष्ण श्रेष्ठले नेपाली युवाहरुलाई कृषि ब्यबसायमा अग्रसर बनाउनको लागि नेपाल सरकारको पोलिसि र कार्यक्रमको बारेमा आफ्नो प्रस्तुति दिनेछ भने Department of Horticulture School of Natural Resource Management, Njala University बाट डा.उमेद पुनले ग्रामिण क्षेत्रका युवाहरुलाई कृषिबिकास सम्बन्धि अनुसन्धान र शिक्षाको भूमिकाको बिषयमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ भने कृषि भिजन हाई टेक प्रा.लिका कार्यकारी निर्देशक राजेन्द्रजंग रायमाझिले आधुनिक कृषि प्रणली बिकासमा युवाको भूमिका बिषयमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको संयोजन भने दिपेन्द्र ढकालले गर्ने भएका छन ।

Start Up Opportunities and Challenges for NRN Youth in Nepal मा भने नेपाली राजनितिका युवा नेता गगन थापा, नेपाली बिजनेसका हस्ति चौधरी ग्रुपका अध्यक्ष राहुल चौधरी लगायतको सहभागितामा गैर आवासीय नेपाली युवाहरुको नेपाल भित्र रहेका अबसर र चुनौतिका बिषयमा बहस र छलफल हुने र उक्त सेसनको कार्यक्रम संयोजन भने पारसमनि पोखरेलले गर्ने छन ।

Asia Pacific Cultural Exchange भने एसियन राष्ट्रबाट प्रतिनिधित्व गर्ने बिभिन्न राष्ट्रको सांस्कृतिक कार्यक्रमहरु समेत जुम भर्चुअल माध्यमबाट प्रस्तुति रहने युवा संयोजक कंडेलले बताए । उक्त कार्यक्रमको संयोजन एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले गर्ने कार्यक्रम रहेको छ ।एसिया प्यासिफिक युवा कमिटिद्धारा आयोजना गरिएको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण एनआरएनए को फेसबुक पेजबाट लाइभ गरिने संयोजक दिपक कंडेलले बताए

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *