अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको माग

news-details

गैरआवासीय नेपाली संघ (एनआरएन)ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ ।

संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा बद्री केसी र मन्त्री ज्ञवालीबीच सोमवार सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो ।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य बिभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो ।

कोभिड १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसंग अनुरोध गरिएको थियो ।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।

यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाको समेत उपस्थिती थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *