मध्यपूर्व क्षेत्रीय बैठकमा युवाका मुद्धामा जोड, यूवामूखी कार्यक्रम ल्याउन आग्रह

विदेशका युवा स्वदेश फर्कनुहोस्, सरकार साथमा छ : युवा मन्त्री विश्वकर्मा
news-details

गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठकमा एनआरएनमा दोश्रो पुस्ता र उनीहरुका मुद्धामा छलफल भएको छ । मध्यपूर्व युवा संयोजक राज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा तथा खलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

एनआरएन अभियानमा एनआरएनका युवा र दोश्रो पुस्ता विषयक छलफलमा सरकारी पक्ष, नीजि क्षेत्र, एनआरएन अगुवा तथा मध्यपूर्वमा रहेका एनआरएनले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सरकारले युवा लक्षित कार्यक्रम धेरै ल्याइरहेको जानकारी दिए । युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि सरकारका विभिन्न मन्त्रालय तथा स्थानीय तहबाट योजना तथा कार्यक्रम आइरहेको मन्त्री विश्वकर्माले जनाए । उनले भने– विदेशका युवा स्वदेश फर्कनुहोस्, सरकार साथमा छ ।’

सम्बृद्ध नेपाल बनाउने राष्ट्रिय अभिभारा सरकारको छ, जसका लागि जवसम्म नेपाली युवाहरुलाई श्रम र उत्पादनमा जोड्न सकिदैन तवसम्म लक्ष्यमा पुग्न नसकिने बताए । मन्त्रीले भने–‘युवालाई आत्मनिर्भर बनाउन तथा युवाहरुलाई राष्ट्र निमार्णमा परिचालन गर्न सरकार लागेको छ ।’

मन्त्री विश्वकर्माले युवाहरुलाई धेरै भन्दा धेरै रोजगार सृजना गर्ने गरी कार्यक्रम ल्याइरहेको उल्लेख गर्दै विदेशबाट फर्किएकाहरुलाई यसमा जोड्न खोजिएको बताए । मध्यपूर्व क्षेत्रमा रहेका नेपाली युवाहरुको विषयमा सरकारको ध्यान जाने र नीतिनियम बनाउँदा आवश्यक भूमिका खेल्ने मन्त्री विश्वकर्माले प्रतिवद्धता जनाए ।

कार्यक्रममा एन्फाका अध्यक्ष कर्मछिरिङ शेर्पाले विदेशमा रहेका एनआरआरएनहरुलाई नेपालको खेलकुदमा समेट्नका लागि कोटा नै छुट्टयाउन छलफल भइरहेको बताए ।

एनआरएन युवा संयोजक हिमाल गुरुङले विदेशमा रहेका युवाहरुका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने औल्याए । उनले स्वदेश फर्किएका युवाहरुका लागि स्वरोजगारमा लाग्नका लागि कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरे ।

कार्यक्रम मध्यपूर्व एनसीसीका युवा संयोजकले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

मध्यपूर्व युवा संयोजक राज रेग्मीले युवाहरुले विश्व बजारमा सिकेको सीप र ज्ञानलाई स्वदेशमा लगाउन आम युवाहरुको दायित्व भएकाले सही वातावरण बन्नु पर्ने बताए । नेपाली माटोमा फर्कन हरेक नेपालीको चाहना भएकाले उनीहरुका लागि उपयुक्र्त कार्यक्रम ल्याउनु पर्ने तर्क रेग्मीको थियो ।

मध्यपूर्व युवा समितिले युवाहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्न, युवाहरुको सामुहिक सहभागितामा बढाउन, युवाहरुका लागि व्यवसायिमुलक तालिम प्रदान गर्न, युवाहरुको सहयोग र साथमा कार्यक्रम गर्न, खाडी मुलुकमा कार्यरत युवाहरुका लागि विशेष कार्यक्रमहरु ल्याउन, युवाहरुलाई खेलकूदमा सहभागी गराउनलगायत धेरै काम गर्न लागिएको संयोजक रेग्मीले बताए ।

उनले वैदेशिक रोजगारबाट फर्किएका नेपाली युवाहरुको दक्षताको अभिलेखिकरण गर्न सहयोग गर्ने समेत बताए ।

‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एबम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ मूख्य नारा रहेको बैठक शनिवार सकिएको छ । दुई दिनसम्म चलेको बैठकको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए भने मूख्य शत्रमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सहभागि थिए ।

मध्यपुर्वमा कार्यरत नेपाली कामदारहरुको समस्या, समाधान र मध्यपुर्वको देशहरुसंग हाम्रो देशको कुटनैतिक दोहोरो सम्बन्ध मजबुतता संगै कोरोना भाइरसका कारण मध्यपुर्वबाट नेपाल फर्किएका युवाहरुको ब्यबस्थापन पक्षमा नेपाल सरकार र गैरआवसिय नेपाली संघले खेल्नुपर्ने भुमिका र ब्यबस्थाबारे गहन छलफल भएको मध्यपूर्व संयोजक प्रविन गुरुङले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *