एनआरएनएको सातौ मध्यपूर्व क्षेत्रीय बैठक आगामी शुक्रबार र शनिबार

तयारी पुरा भइसक्यो : क्षेत्रीय संयोजक गुरुङ
news-details

गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय भेला आगामी शुक्रवार र शनिवार (अक्टोबर १६ र १७ गते) हुने भएको छ । क्षेत्रीय वैठकको तयारी पूर्णरुपमा सकिएको र धेरैभन्दा धेरै सरकारी, गैरसरकारी र एनआरएनका अतिथिहरु आउने पक्का भइसकेको एनआरएन मध्यपूर्व संयोजक प्रविन गुरुङले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अतिथ्यतामा कतारको दोहाबाट अनलाईन प्रविधिको प्रयोग गरी वैठक संचालन हुने गुरुङको भनाई छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको विचमा आयोजना हुन गईरहेको यो भेलामा विगत देखि नै उठान गरिदै आएको मध्यपूर्व क्षेत्रका नेपालीहरुका क्षेत्रीय मुद्दाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदान, कोभिड प्रकोपसँग जुध्न यस क्षेत्रका एनसीसीहरुले खेलेको भूमिकाको समिक्षा हुने संयोजक गुरुङको भनाई छ ।

कोभिड १९ को कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असर गरेपछि घरफिर्ती, रोजगारी र पुनएकीकरणमा वैठक केन्द्रित रहने संयोजक गुरुङ बताउँछन् । मध्यपूर्व क्षेत्रीय बैठकका बारेमा जानकारी दिन बधबार बेलुका पत्रकार सम्मेलन राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *