केएमई ट्राभल्स र दुर्गा ग्रुपद्धारा एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग प्रदान

news-details

केएमई ट्राभल्स र दुर्गा ग्रुपले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियालाई एक करोड साठ्ठी लाख वन सहयोग गर्ने भएको छ ।

विश्व ब्यापीरुपमा देखिएको कोभिड १९ महामारीका कारण हवाई उडान स्थगित भै नेपाल जान नपाएका र नेपालबाट कार्यस्थल दक्षिण कोरिया फर्कन नसकेका नेपालीहरुलाई कोरियन एयरको चार्डर उडानमार्फत उडान सहजीकरण गर्दै आएको केएमई ट्राभल्सले एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग गर्ने गरी सम्झौता गरेको हो ।

उक्त सहयोग सम्वन्धि सम्झौतापत्रमा केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शनिवार एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

दक्षिण कोरियाको झन्डै तिन दशक लामो सामाजिक र ब्यवासायिक यात्रामा साथ र सहयोग गर्ने नेपाली समुदायप्रति सामाजिक उत्तरदायित्व निभाउने क्रममा उक्त सहयोग प्रदान गरिएको केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका निर्देशक कुँवरले बताए ।

कोरियामा रहेका नेपाली समुदायका विभिन्न अभियानहरुमा साथ र सहयोग गर्दै आएको केएमई ट्राभल्सले आफुले आर्जन गरेको निश्चित मुनाफाबाट १ करोड कोरियन वोन र दुर्ग्रा ग्रुपले एनआरएनए कोरियाको सभाहतको भाडावापत ६० लाख वोन गरेर १ करोड ६० लाख बराबरको सहयोग सहयोग गरेका हुन ।

केएमई ट्राभल्स तथा दुर्गा ग्रुपक निर्देशक कुँवरले यो सहयोग रकम संस्थाको उद्देश्य प्राप्ती तथा नेपाली समूदायको हितमा एनआरएनए कोरियाले लगाउनेमा आफु विश्वस्थ रहेको बताए भने सहयोग रकम सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता एनआरएनए कोरियाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *