गैरआवासीय नेपाली संघको आठौं एसिया प्यासिफिक क्षेत्रीय भेला तथा एसिया प्यासिफिक पहिलो विज्ञसम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा हुनेभएको छ । भर्चुअल भेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्ने आयोजकले जनाएका छन् ।

एसिया प्यासिफिक क्षेत्रीय भेलाको मूख्य नारा ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ रहेको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा भेलाका संयोजक तथा एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द)ले दिए ।

दुई दिने भेलामा पहिलो दिन मुल विषय र दोश्रो दिन एसिया प्यासिफिक पहिलो विज्ञ सम्मेलन हुने संयोजक श्रेष्ठको भनाई छ । विज्ञ सम्मेलनमा कोभिड १९ महामारीपछि उद्यमशिल र सफल बन्न अवसर र चुनौतिका विषयमा विज्ञता साटासाट गरिने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, नेपाली काग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला, सांसद सूर्य पाठक, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकलगायत सम्बन्धीत विषयका विज्ञहरुसँग मूख्य एजेण्डामा छलफल हुने संयोजक श्रेष्ठको भनाई छ ।

संयोजक श्रेष्ठले भने–‘भेलाको पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारको पुन एकीकरणका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच छलफल गरी निष्कर्षमा पुग्नेछौ ।’

भेलामा एनसीसी तथा आइसीसीका विभिन्न रिपोर्टहरु प्रस्तुत गरिनेका साथै एनआरएन आइसीसीले परिवर्तन गर्न लागेका नयाँ एजेण्डामा छलफल हुने जनाइएको छ ।

एसिया प्यासिफिक आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञसम्मेलन सेप्टेम्बर २६ र २७ मा, परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने

दोश्रो दिनमा हुने विज्ञ सम्मेलनका संयोजक एनआरएनए आइसीसी सदस्य डा. देवीबहादुर बस्नेतले भने–‘एसिया प्यासिफिकका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी, श्रमिकका साथै नेपालबाट विभिन्न विश्व विद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञहरुले विभिन्न क्षेत्रका ११ वटा विषयमा कार्यपत्रप्रस्तुत गर्नुका साथै छलफल गरिनेछ ।’

आगामी अक्टोवर ९ र १० मा हुन लागेको दोश्रो विश्व विज्ञ सम्मेलन भन्दा पहिला हुने लागेको क्षेत्रीय सम्मेलनलाई अर्थपूर्णरुपमा हेरिएको संयोजक डा. बस्नेतको भनाई छ ।

एसिया प्यासिफिक आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञसम्मेलन सेप्टेम्बर २६ र २७ मा, परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने

पत्रकार सम्मेलनमा एनआरएन आइसीसी सचिव डा. हेमराज शर्मा, प्रवत्ता डिबी क्षेत्री, एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपाने, महिला संयोजक अमृता थापा, युवा संयोजक दिपक कडेलले क्षेत्रीय भेला फलदायी बनाउने बताए ।

एसिया प्यासिफिक १० वटा देशमा रहेका एनआरएनको संयुक्त क्षेत्रीय भेला फलदायी बने सरकारी पक्ष, एनआरएनबृत र सरोकारवाला निकायमा गतिलोे सन्देश दिनेछ ।

एसिया प्यासिफिक आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञसम्मेलन सेप्टेम्बर २६ र २७ मा, परराष्ट्रमन्त्रीले उद्घाटन गर्ने