एनआरएनए ओसिनिया क्षेत्रीय बैठक र विज्ञ सम्मेलन सम्पन्न

news-details

गैरआबासिय नेपाली संघ ओसिनिया क्षेत्रको क्षेत्रीय बैठक र विज्ञ सम्मेलन गत अक्टोबर १२ र १३ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

ओसिनिया क्षेत्रीय संयोजक होम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मेलनमा पररास्ट्र मन्त्री प्रदिप ज्ञवाली, पूर्व अर्थमन्त्रि रामशरण महत, पूर्वमन्त्रि टोप बहादुर रायमाझी, अस्ट्रेलियन बिपक्षी दलकी नेत्री जोडी मकाय, बहुसांस्कृतिक मामिला मन्त्री ज्यासन वुदकि, प्रतिनिधि सांसद मेलिसा मेसिन्टोस, नियुजील्याण्डका सांसद व्हिप माइकल वुदले सहभागिता जनाउदै आआफ्नो धारणा राखेका थिए ।

यस्तै सम्मेलनलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, एनआरएनएका पूर्वअध्यक्ष एबम प्रमुख संरक्षक शेष घले, अस्ट्रेलियाका लागि नेपाली राजदुत महेस दाहाल र संस्थाका अभियन्ता तथा पूर्वउपाध्यक्ष कुल आचार्यले सम्बोधन गरेका थिए ।

नेपाल, अस्ट्रेलिया र न्युजल्याण्डको राष्ट्रिय धुन बजाएर सुरु भएको उद्घाटन सत्रमा संस्थाकी बरिस्ठ अभियन्ता इन्द्रा बनले स्वागत मन्तब्य राखेकी थिइन भने ओशियाना क्षेत्रीय उपसंयोजक नबिन कंडेलले संचालन गरेका थिए ।

सम्मेलनमा एनआरएनए आइसीसी उपाध्यक्ष मन के सी, एनआरएनए एनसीसी अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल, एनआरएनए एनसीसी न्युजल्याण्डका अध्यक्ष लाल केसीले आफ्नो कार्य क्षेत्रको प्रतिनिधित्व गर्दै एनआरएन अभियानको महत्व तथा दुइ दिने क्षेत्रीय बैठक र विज्ञ सम्मेलनको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *