सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई एनआरएन नेदरल्याण्ड्सको आर्थिक सहयोग

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहकाबीच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे ।

उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए ।

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताए । संघले यसअघि पनि यही ठाउँमा ५ लाख सहयोग गरेको थियो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्‍याउँदा १६७ भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *