विवाद र बहिष्कारकाबीच एनआरएनए अमेरिकाजको दोश्रो क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन सम्पन्न

अमेरिकाका दुई आइसीसी उपाध्यक्ष थापा र लामाद्धारा नै बहिष्कार
news-details

गैरआवासीय नेपाली संघ (एनअरएनए) अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठक तथा ज्ञान सम्मेलन केही विवाद र बहिष्कारका बाबजुत सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रमदेखि नै आइसीसीका उच्च केही पदाधिकारी तथा महिला एनआरएनले बहिष्कार गरेर शुरु भएको सम्मेलन तीन दिनसम्म चलेको थियो ।

सेप्टेम्बर ४, ५ र ६ मा भएको क्षेत्रीय सम्मेलन र विज्ञसम्मेलनको अन्तिम दिन प्रेसमीटको आयोजना गर्दै कार्यक्रम सम्पन्न भएको छ । समापन कार्यक्रममा आइसीसी अध्यक्ष, महासचिव र कोषाध्यक्ष बाहेक अरुले उपस्थिति जनाएका थिएनन् ।

सम्मेलनको उद्घाटन शत्रमा नै महिलाहरुको सहभागिता र जिम्मेवारी नदिएको भन्दै एनआरएन महिला उपाध्यक्ष रविना थापा, महिला संयोजक भोमा लिम्बूलगायत महिला एनआरएनहरुले कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेका थिए ।

अमेरिकाबार्ट प्रतिनिधित्व गर्ने आइसीसी महिला उपाध्यक्ष थापाको बहिष्कार मात्र होइन अमेरिकाकै आइसीसी उपाध्यक्ष सोनाम लामाले समेत सम्मेलनको बहिष्कार गरे । उनले आइसीसीमा अनुमोदन नगरी कार्यक्रम बनाएको र आफुलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।

उपाध्यक्ष लामाले त आइसीसी अध्यक्ष कुमार पन्तलाई संवोधन गरेर लेख्दै भनेका छन्–‘अध्यक्ष महोदय अझ म अमेरिका क्षेत्रबाट आइसिसिको उपाध्यक्ष पदमा निर्वाचित भएको नाताले यस्ता कार्यक्रमहरु तयार गर्दा मलाइ पनि जानकारी गराउनु पर्ने थियो त्यो पनि गरिएन, यस प्रवित्तिको घोर विरोध गर्दै म यस क्षेत्रीय बैठकको कुनै पनि सत्रमा सहभागी नहुने जानकारी गराउँदछु ।’

सम्मेलनले मध्यपूर्व,एसिया प्यासिफिकलाई नसमेटेको भन्दै त्यस क्षेत्रका एनआरएन अगुवासमेत कार्यक्रममा सहभागी भएनन् । एनआरएनए अमेरिका क्षेत्रका अगुवाहरुलाई समेट्न नसकेको भनेर सम्मेलनको चौतफी विवाद उत्पन्न भयो ।

शनिबारदेखि सुरु भएको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ सम्मेलन आईतबार साँझ टोरोन्टो घोषणा पत्र जारी गर्दै सम्पन्न हुँदा आयोजकले पटक पटक कार्यक्रम गर्दा गल्ती भएको स्वीकार गरेका थिए ।

एनआरएन महासचिव हेमराज शर्माले समेत काम गर्दा गल्ति हुने र भोलिका दिनमा यस्ता गल्ति दोहोरिन नदिन सबै सजग गरेको बताए ।

सम्मेलनको उद्घाटन परराष्टमन्त्री प्रदिप ज्ञवालीले अनलाईन माध्यमबाट गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिमा भन्दा मातृभुमिको समृद्धिका लागि योगदान गर्न सुझाव दिएका थिए ।

उद्घाटनमा कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि राजदूत भृगु ढुंगाना र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको संवोधन गरेको थियो ।

एनआरएन अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा संचालन गरिएको सम्मेलनको होष्ट कन्ट्री एनअरएनए एनसीसी क्यानाडा रहेको थियो ।

कार्यक्रममा क्षेत्रीय संयोजक त्रिपाठीले तीन दिन सम्म संचालित कार्यक्रममा कतिपय कमीकमजोरीका वाबजुद सपन्न भए पनि आगामी दिनमा सिक्दै र सुधार्दै जाने बताए ।

विभिन्न फरक विषयगत सत्रहरुमा नेपालबाट विभिन्न राजनीतिक पार्टीका नेताहरु तथा विज्ञका साथै अमेरिकाकका लागि नेपाली राजदुत डा अर्जुन कार्की, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त, एनआरएन अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिका क्षेत्रका उपसंयोजक रामसी पोखरेल, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह, एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे, आइसिसी सदस्य तथा कार्यक्रम संयोजक गोपीकृष्ण काफ्ले, विज्ञ भेलाका संयोजक डा लक्ष्मी पाठक लगायतले नेपालको आर्थिक विकासका लागि गैरआवासीय नेपाली संघको योगदानको चर्चा भने गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *