एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा पहिलो विज्ञसम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा

news-details

गैरआवासीय नेपाली संघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा पहिलो विज्ञसम्मेलन आगामी सेप्टेम्बर २६ र २७ मा हुनेभएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्ने सम्मेलन भर्चुअल हुने जनाइएको छ ।

सम्मेलनको मुल विषय  ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ रहेको सम्मेलनका संयोजक तथा एनआरएनए एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द)ले जानकारी दिए । दुई दिने सम्मेलनमा पहिलो दिन मुल विषय र दोश्रो दिन एसिया प्यासिफिक क्षेत्रकै पहिलो विज्ञ सम्मेलन हुने जनाइएको छ । विज्ञ सम्मेलनमा नोलेज शेयरिङ एमोङ नेप्लिज ः च्यालेञ्ज एण्ड अपरच्युनिटीज फर इन्टरप्रेनरर्स फलोइङ कोभिड १९ मा आधारित रहेर छलफल गरिने बताइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष अनुपराज शर्मालगायत सम्बन्धी विषयका विज्ञहरुलाई निमन्त्रणा गरिएको संयोजक श्रेष्ठको भनाई छ । दुई दिने सम्मेलनपछि घोषणापत्र जारी गरिने सम्मेलनका संयोजक श्रेष्ठले जानकारी दिए ।

सम्मेलनको पहिलो दिनमा कोभिड १९ ले वैदेशिक रोजगारमा पारेको प्रभाव र स्वदेश फर्किने वा फर्किएका कामदारका विषयमा सरकारी पक्ष, सरोकारवाला निकाय, सम्बन्धित विषयका विज्ञ तथा एनआरएनहरुबीच बृहत छलफल हुने संयोजक श्रेष्ठको भनाई छ ।

सम्मेलनमा एनसीसी तथा आइसीसीका विभिन्न रिपोर्टहरु प्रस्तुत गरिनेका साथै एनआरएन आइसीसीले परिवर्तन गर्न लागेका नयाँ एजेण्डामा छलफल हुने जनाइएको छ ।

दोश्रो दिनमा हुने विज्ञ सम्मेलनका संयोजक एनआरएनए आइसीसी सदस्य डा. देवीबहादुर बस्नेतले आगामी अक्टोवर ९ र १० मा हुन लागेको दोश्रो विश्व विज्ञ सम्मेलन भन्दा अगाडि आयोजना गरिने क्षेत्रीय विज्ञ सम्मेलन सफल बनाउन विभिन्न तयारी भइरहेको जानकारी दिए ।

उक्त दिन एसिया प्यासिफिकका विभिन्न क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी, श्रमिकका साथै नेपालबाट विभिन्न विश्व विद्यालयमा अनुसन्धान केन्द्रमा कार्यरत विज्ञहरुले विभिन्न क्षेत्रका १० वटा विषयमा कार्यपत्रप्रस्तुत गर्नुका साथै छलफल गरिने संयोजक डा. बस्नेतले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *