एनआरएनए अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार देखि सुरु हुदैं

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय विज्ञ सम्मेलन शनिवार देखि सुरु हुदैंछ । तीन दिन सम्म चल्ने सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।

कोरोना संक्रमणका कारण सो सम्मेलन जुम प्रविधीद्धारा आयोजना हुने गैरआवासीय नेपाली संघले जनाएको छ । यसअघि सो सम्मेलन फेस टु फेस क्यानाडामा गर्ने घोषणा गरिएको थियो ।

सम्मेलनलाई विषेश अतिथिहरुमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की, क्यानाडाका लागि महामहिम राजदूत भृगु ढुंगाना र नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री बालकृष्ण खाँण, संघका पूर्वअध्यक्षद्धय जीवा लामिछाने, भवन भट्ट लगायतले सम्वोधन गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलन गैरआवासीय नेपाली संघको आगामी महिना हुने विश्वव्यापी विज्ञ सम्मेलनक तयारी स्वरुप आयोजना गरिएको गैर आवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माले जनाए ।

सम्मेलनमा कृषि, विज्ञान प्रविधी, पुर्वाधार विकास, सार्वजनिक स्वास्थ्य, इनर्जी, शिक्षा लगायतका क्षेत्रमा कार्यरत विज्ञहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *