एनआरएनए ‘ग्लोबल स्पीच कन्टेस्ट’को तयारी पुरा, आइतबार अपरान्ह ३ बजे अनलाइनबाट लाइभ हुने

news-details

गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार अपरान्ह हुन लागेको ‘ग्लोबल स्पीज कन्टेस्ट’को तयारी पूरा भएको छ ।

प्रतियोगितामा २९ देशका ६० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो ।

एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६० जनाले सहभागिता जनाएका हुन । अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगिता अगस्ट ९ तारिख अर्थात आइतबार नेपालको समय ३ बजे हुँदैछ ।

जसको लागि सबै प्रतियोगिलाई लिंक इमेलमा पठाइएको संयोजक कँडेलले बताउनुभयो । सो लिंक सम्बन्धीत प्रतियोगिको इमेलमा मात्र पठाइने छ । साथै लिंक सबैको ईमेलमा पठाइसकेकाले सम्बन्धीत एनसिसीमार्फत प्रतियोगिलाई जानकारी गराइ सहभागि गराइदिन आग्रह गरिएको छ ।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई ,अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डले सहभागिता जनाएका हुन ।

संयोजक कँडेलका अनुसार हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा हुनुहुन्छ ।

प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *