एनआरएन दोस्रो ग्लोबल स्वास्थ्य सम्मेलन सेप्टम्बरमा

news-details

कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन सम्मेलन हुने भएको छ । ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेमी भच्र्योलमा हुनेछ, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भच्र्योल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ ।

पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । दोस्रो सम्मेलन पनि त्यही मितिको आसपासमा तोकिएको छ । विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जिब सापकोट़ाले अनुरोध गरेका छन् ।

कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ । कोभिड–१९ का बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ भने युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ । सम्मेलनमा विदेशमा कार्यरत एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहने अपेक्षा छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *