समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारको माग गर्दै एनआरएनए मलेसियाले बुझायो ध्यानाकर्षणपत्र

news-details

कोरोना संक्रमणका कारण विदेशी भूमिमा अफ्ठ्यारोमा परेका नेपालीहरुको निःशुल्क उद्धारको माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले विशेष ध्यानाकर्षणपत्र बुझाएको छ ।

संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले क्वालालाम्पुरमा रहेको नेपाली दूतावासमा पुगेर राजदूत उदयराज पाण्डेलाई अफ्ठयारोमा परेका नेपालीको तुरुन्त निःशुल्क उद्धारको मागसहित ८ बुदे ज्ञापनपत्र बुझाएको हो ।

मलेसियामा कामको शिलसिला आइ हाल बिरामी परेका तथा शारीरिक अंगभङ्ग भएका तर उपचार गर्ने पैसा नभएका विरामीहरुलाई निःशुल्क नेपाल पठाउन, जेलमा रहेका नेपालीको उद्धारगरी स्वदेश पठाउन, कोरोनाको समय अगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरुले आफै खरिद गरेका बिभिन्न एयरलाइन्सको टिकट भएका तर आजसम्म नेपाल जान नसकेका श्रमिकहरुलाई नेपाल फर्काउन विशेष पहल गर्न संघले माग गरेको छ ।

यस्तै सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकहरुलाई श्रमिक कोषमा रहेको रकमबाट उद्धार गर्न दिएको आदेशलाई कार्यान्वयन गर्न, मलेसियामा ज्यान गुमाएका नेपालीको शवलाई स्वदेश पठाउन पहल गर्न, हवाइ भाडादर घटाउन तथा मलेसियाबाट छुट्टीमा नेपाल गएका हजारौं नेपाली कामदारलाई फर्काउन पहलकदमी लिन पनि दूतावासलाई संघले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *