एनआरएनएले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायको स्वास्थ्यस्थिती बारे जानकारी लियो

news-details

गैरआवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायसंग स्वास्थ्य सम्वन्धी अन्तरक्रिया गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाको सक्रियतामा आयोजित कार्यक्रमा अफ्रिकामा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रमा कोरोना भाइरसले पारेको प्रभावको बारेमा बोलेका थिए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसका कारणले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि संघ सक्रियय रहेको वताए । पन्तले अफ्रिकी मुलुकमा रहेका नेपाली समुदायमा भएको कोरोना प्रभावको बारेमा जानकारी लिएका थिए ।

दुई दर्जन भन्दा बढी सहभागी भिडियो लाइभ कार्यक्रमको संचालन एलिजा केसी भण्डारीले गरेकी थिइन् । गैरआवासीय नेपाली संघका ५ जना स्वास्थ्य सम्वन्धी विज्ञ सहभागी कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सम्वन्धी जानकारी लिएका थिए ।

अन्तरक्रियामा डा पुष्पराज भट्टराई, डा विजय ज्ञवाली, डा अर्चना श्रेष्ठ, डा उत्तम गाउली लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रमा हिक्मत थापा, सुरज डुम्म्रे, रोशन श्रेष्ठ, कृष्ण देवकोटा, राजमणी भण्डारी, कृष्ण भट्ट, पासाङ्ग शेर्पा, गोकर्ण अधिकारी, लगायतको बोलेका थिए ।

कार्यक्रमा नाइजेरिया, केन्या, तान्जानिया, घाना, युगान्डा, साउथ अफ्रिका, अइवरीकोष्ट र मोरक्को, मोजाम्कि लगायतका देशमा नेपाली सहभागी थिए । कार्यक्रममा कोरानो संक्रमणलाई फैलिन नदिने वैज्ञानिक उपाए, मानसिक स्वास्थ्य लगायतको बारे नेपाली समुदायलाई जानकारी लिएका थिए ।

अन्तक्रियापछि गैरआवासीय नेपाली संघ अन्तर्रत अफ्रिकी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य सम्वन्धी जानकारी लिन अफ्रिकी नेपाली स्वास्थ्य समिति गठन गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *