मध्यपुर्बका युवाको पक्षमा बहस शुरु, मध्यपूर्वका युवाका लागि संयोजक रेग्मीको ३६ सय डलरको फण्ड

news-details

एनआरएनए मध्यपुर्बका युवा संयोजक राज रेग्मीको पहलमा कोभिड १९ बाट युवाहरुलाई पारेको असर र भावी योजनामा सुझाव संकलन गर्न मध्यपूर्वका एनआरएन अगुवाहरुसँग बृहत छलफल भएको छ ।

छलफलमा मध्यपुर्ब संयोजक र सहसंयोजक सहित मध्यपुर्बका सबै एनसीसीका अध्यक्ष र युवा संयोजकहरुको सहभागिता रहेको थियो ।

युवा संयोजक रेग्मीको अध्यक्षतामा भएको बैठकमा कोभिड १९ बाट युवाहरुलाई पारेको असर र स्वदेश फिर्ता जानेहरुको बिषय संभव, सान्दर्भिकता र संस्थागतसँगै मध्यपुर्बमा रहेका युवाहरुको स्तरोन्नती र उनीहरुको सुखद भविष्य बनाउने बिषयमा बैठक केन्द्रित रहेको जनाइएको छ ।

मध्युपुर्वका युवाहरुका लागि सहयोग पु¥याउने उद्धेश्यले युवा संयोजक रेग्मी आफैले ३६ सय डलरको फण्ड स्थापना गरेको जानकारी दिएका छन् । उनले रोजगार मञ्चलाई भने–‘मध्यपुर्वका युवाको पक्षमा कोही देखिएन, हामी आफै तात्ने बेला आयो, अव यो फण्डमा सवै एनआरएन अगुवा, आइसीसी तथा एनसीसीको सहयोगको अपेक्षा राखेको छु ।’

यो फन्डमा संकलन भएको रकम मध्यपुर्बमा रहेका युवाहरुको हकहितका लागि प्रयोग हुने रेग्मीले बताएका छन । यो रकम कोरोनाबाट प्रभावित भएका युवा, खेलकुद, युवाहरुको बृद्धिविकास र सचेतनाको लागि प्रयोग हुने रेग्मीले बताए ।

रेग्मीले प्रथम मध्यपूर्व युवा वैठक  आयोजना गरिसकेका छन् । मध्यपुर्बका एनआरएनए युवाहरुको प्रथम वैठकबाट एनआरएनए आईसिसिलाई मध्यपुर्बका समस्याको बारेमा जानकारी गराइसकिएको रेग्मीको भनाई छ ।

बैठकमा एनआरएनए मध्यपुर्बका संयोजक प्रविन गुरुङ्ग, सहसंयोजक मनोज गोर्खाली, सहसंयोजक राजेन्द्र अर्याल, कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र युवा संयोजक रबिन मगर , युएईका अध्यक्ष प्रकाश कोईराला र युवासंयोजक मदन अधिकारी , कुवेतका अध्यक्ष सुजन केसी र युवा संयोजक नवराज पराजुली, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी र युवा संयोजक तिर्थ भण्डारी, ओमानका अध्यक्ष सेवन्त पुर्जा र युवा संयोजक फुर्वा लामा ,साउदी अरबका अध्यक्ष तेज बहादुर थापा र युवा संयोजक कुमार श्रेष्ठ लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्था र सबै देशका युवाहरुको बारेमा जानकारी गराएका थिए ।

बैठकमा एनआरएन मध्यपूर्व संयोजक प्रबिन गुरुङले मध्यपुर्व युवासंयोजक रेग्मीको कार्यको खुलेर प्रंशसा गर्दै आफुले पनि उक्त फन्डमा सहयोग गर्ने बताए । उनले आफु पनि सधैँ युवाहरुको हकहितका लागि रेग्मीको अभियानसँगै रहने बताए । गुरुङ्गले तत्काल नेपालीलाई स्वदेश फर्काउन नसके समस्या अझै जटिल हुने बताउंदै अब छलफल मात्र नभई एक्सनमा नै आउनुपर्ने बेला आएको बताए ।

मध्यपुर्व सहसंयोजक गोर्खालीले राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय परिषद बिचको संबन्ध, कोभिड १९ संबन्धि थप प्रयास र संयोजन संबन्धि एनसीसी र आइसीसी सहकार्य गरेर जानुपर्ने र नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने र मध्यपुर्बमा रहेका युवाहरुको लागि मध्यपुर्व युवासंयोजक रेग्मीको कार्यको प्रसंसा गरे ।
मध्यपूर्ब सहसंयोजक राजेन्द्र अर्यालले दुताबास र बिभिन्न संघसंस्थाहरु एकताबद्द भएर यो प्रकोपसँग जुध्नु पर्ने आवश्यकता रहेको बताए । अर्यालले सुरक्षाको बिषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।

उक्त बैठकमा सहभागी सबै मध्यपुर्बका एनआरएनए एनसिसिका अध्यक्षहरु र युवासंयोजकहरुले आफ्नो आफ्नो देशका समस्याको बारेमा जानकारी गराउदै मध्यपुर्व युवा संयोजक रेग्मीको अभियानको खुलेर प्रंशसा गर्दै आफुहरु पनि यो अभियानमा जोडिने बताए ।

उक्त बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले मध्यपुर्बमा रहेका नेपाली युवाहरुको हकहितमा सधैँ रहने र रेग्मीको अभियानमा सहकार्य गरेर अगाडि बढने बताइन् ।

युवा संयोजक रेग्मीले सरकारले बैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको कामदारकै पैसाले सर्बोच्च अदालतको आदेश सँगै बिदेशमा अलपत्र र समस्यामा परेका कामदारलाई स्वदेश तत्काल फर्काउनुपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *