बिश्वब्यापी बनेको करोना भाइरस (कोभिड १९) ले कतारमा समस्यामा परेका नेपालीहरुका लागि गैरआवासीय नेपाली संघ कतारले ४ हजारभन्दा बढिलाई उद्धार तथा राहत वितरण गरेको छ ।

कतार सरकारको कतार च्यारिटीमार्फत प्राप्त  ५ हजार कार्टुन  खाद्यान्नलाई एनआरएनए राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीले चौधौ चरणसम्ममा ४ हजार ४ सय ७४ जनालाई राहत वितरण गरिसकेको एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले रोजगार मञ्चलाई जानकारी दिए ।

एनआरएनए कतारद्धारा ४ हजारभन्दा बढिलाई राहत वितरण

एनआरएनए कतारले कोरोनाबाट समस्यामा परेका नेपालीहरुको सहयोग तथा उद्धारमा देखाएको सक्रियताको विश्वभर प्रशंसा कमाइरहेको छ ।

एनआरएनए कतारका अध्यक्ष मुसलमानका अनुसार पछिल्लो समयमा उद्दार तथा राहत बितरण समितीले बार्हौ चरणमा १ सय १२ जना, तेर्हौ चरणमा ३ सय ५० जना तथा चौधौ चरणमा २ सय १८ जनालाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ ।

मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध समेत गरेका छन् ।

राहत बितरणमा खट्ने तथा सहयोग पु¥याउने प्रति एनआरएन एनसीसीले धन्यवाद व्यक्त गरेको छ । राहतमा सहयोग पु¥याउने नेपाली दुताबास परिवार, मध्यपुर्ब युवा संयोजक प्रविन गुरुङ, आईसीसी सदस्य रमेश भट्ट, एनसीसी सल्लाहकार चानक पोखरेल, भेषराज पराजुली, उद्दार तथा राहत वितरण समिति संयोजक तथा एनसीसी प्रथम उपाध्यक्ष उत्तम गुरुङ, दित्तिय उपाध्यक्ष कुमार खड्का, महासचिव पदम गिरीका साथै सहभागी कार्यसमिति र उद्दार तथा राहत वितरण समितिका सदस्यमा अध्यक्ष मुसलमानले धन्यवाद व्यक्त गरेका छन् ।

एनआरएनए कतारद्धारा ४ हजारभन्दा बढिलाई राहत वितरण

कोरोना नियन्त्रण क्रममा कतार सरकारले आफ्ना र आप्रवासी नागरिक सबैका लागि समान ब्यबहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाउँदै आएको छ ।