कोरोना पीडित देशमा एनआरएनएले दियो आर्थिक सहयोग

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ६ देशको लागि संघले आर्थिक निकासा दिएको हो ।

आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, मलेसिया ५०००, स्पेन ५०००, प्रोर्तुगल ५०००, ईटाली ५००० र माल्टा ३००० अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् ।

संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साईप्रसमा रहेका संघका राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार २७ देशमा रहेका ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *