एनआरएनए अमेरिका क्षेत्रीय बैठक : कोरोना प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा बृहत छलफल

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका करिब ४ दर्जनभन्दा बढी सहभागी थिए ।

हिजो बिहीवार टेलिफोन कन्फेसमार्फत् भएको बैठकलाई एनआरएनए अध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए । ‘अहिले जति काम गरे पनि कम हुन्छ, यो सेवा गर्ने अवसर हो, त्यसको कुनै लिमिट नै छैन्,’ अध्यक्ष पन्तले भने, ‘संघले कोभिड–१९ उच्चस्तरीय समितिमार्फत् राहत कार्यक्रम लिएर बिभिन्न देशमा गतिविधिहरु भइरहेका छन् ।’

अध्यक्ष पन्तले सबैभन्दा ठूलो समस्या विद्यार्थी र श्रमिकमा रहेको बताए । उनले महामारीपछि आर्थिक तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावका बारेमा संघले दीर्घकालीन रणनीति बनाउने तयारी गरेको जानकारी दिए ।

संक्रमणले ५० भन्दा बढी गैरआवासीय नेपालीको निधन भएको र २५ सयभन्दा बढी नेपाली कोरोना संक्रमित भएको जानकारी दिँदै अध्यक्ष पन्तले भने, ‘धेरै नेपाली संक्रमित भएपछि नेपाल सरकारको उपस्थिति नभएका देशमा समेत संघ सरकारसँग समन्वयन गरेर अगाडी बढेको छ ।’

‘कोरोना महामारीको प्रकोप कहिलेसम्म रहने हो अहिल्यै भन्न सक्ने अवस्था छैन् विज्ञहरुले समेत भन्न सकेका छैनन् । यसले ल्याएका प्रभावको व्यवस्थापन गर्न ठूला चुनौति छन्’ अध्यक्ष पन्तले भने, ‘त्यसको लागि सबै जना मिलेर जान र सबै संयन्त्र परिचालन गर्नसमेत आग्रह गर्दछु ।’

क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले कोभिड–१९ सुरु भएदेखि नै नेपाली राजदूतावासले स्वास्थ्यसम्वन्धी गतिविधि सुरु गरेको जानकारी दिए । उनले महामारीको अवस्थामा पनि दुतावासले सेवाग्राहीलाई दिने सेवालाई थप प्रभावकारी बनाइएको बताए । नेपाली समुदायको हितका लागि २४ सै घन्टा टेलिफोन तथा इमेल सेवा सुचारु गरिएको जानकारी दिँदै राजदूत ढुंगानाले भने, ‘एनआरएनए क्यानाडा र स्थानीय संघसंस्थाले दूतावासलाई ठूलो मद्दत गरेका छन् ।’

राजदूत ढुंगानाले क्यानाडामा रहेका नेपालीहरुको समस्याका बिषयमा क्यानडा सरकारसँगसमेत छलफल भैरहेको बताए ।

संयुक्त राज्य अमेरिकका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले महामारीपछि अमेरिकामा रहेका नेपालीप्रति दूतावास चिन्तित रहेको बताए । उनले अमेरिमा रहेका नेपालको समस्याका बारेमा अमेरिकी सरकारलाई जानकारी दिइएको बताए ।

महामारीपछि अमेरिकामा रहेका विद्यार्थीलगायत नेपाली समुदायमा मुख्य समस्या रहेको जानकारी दिँदै राजदूत कार्कीले कोरोना संक्रमण सुरु भएदेखि नै गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

म्यारील्यान्ड क्षेत्रका विधायक ह्यारी भण्डारीले कोरोना भाइरसका कारण निधन भएका नेपालीलाई आफूले सक्दो सहयोग गरेको बताए । उनले गैरआवासीय नेपाली संघ मुनाफा मुलक संस्था भएर पनि विदेशमा रहेका नेपालीलाई निकै ठूलो सहयोग गर्दै आएकोमा खुशी व्यक्त गरे ।

संघका महासचिव डा हेमराज शर्माले महामारीबिरुद्ध लड्न एकजनाको प्रयासले मात्र सम्भव हुने भएकाले बिभिन्न संघसंस्था, नेपाली दूतावास र गैरआवासीय नेपालीबीच संयुक्त कार्यदलमार्फत काम थाल्न जोड दिए । उनले विदेशस्थित नेपाली दूतावाससँग समन्वयन गरेर अगाडि बढ्न सबै पक्षलाई आग्रह गरे ।

महासचिव डा शर्माले संघले कोरोना भाइरस प्रभावित ४५ देशमा ९ सयभन्दा बढी स्वयंसेवक खटाएर ३० हजारभन्दा बढीले राहत पाएको बताए । उनले संघले नेपाल सरकारसँग छलफल गरिएको जानकारी दिँदै अन्तराष्ट्रिय लकडाउन खुलेपछि नेपाल फिर्तीका लागि प्रकृया सुरु हुने बताए । उनले कोभिड–१९ को महमारीलाई समाजमा योगदान दिने अवसरका रुपमा लिएर अगाडी बढ्न जोड दिए ।

संघकी उपाध्यक्ष रविना थापाले महामारीको बेला अमेरिकामा रहेका संघसंस्थालाई समेटर लैजना एनसीसीलाई सुझाव दिइन् । उनले कोरोना पीडितका लागि संकलित रकम वितरणको लागि गाइडलाइन आवश्यक हुने बताइन् । रकम संकलन गर्नभन्दा वितरण गर्न चुनौति भएको अनुभव उनले सुनाइन्

संघका सचिव गौरीराज जोशीले कोभिड–१९ पीडितका लागि संकलित रकम आपसी समन्वयनबाट खर्च गर्न सुझाव दिए । उनले एक अर्काबीच सहकार्य गरेर महामारीबिरुद्ध लड्न जोड दिएका थिए ।

आइसीसी सल्लाहकार हरिबोल भण्डारीले बैठकमा आएका सुझावलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले क्षेत्रीय च्याप्टरदेखि केन्द्रसम्म समन्वयन गरेर अगाडी बढेमा मात्र एनआरएनएले काम गरेको देखिने बताए । अमेरिकास्थित नेपाली दूतावासले कोभिड–१९ पीडितका लागि सहयोग नगरेको भन्दै उनले रोष प्रकट गरे ।

अनरी काउन्सिलर तथा चर्चित गायक प्रेमराजा महतले कोरोना महामारीमा अमेरिकामा रहेका नेपालीको एउटै मन भएको बताउँदै सबै पक्षसँग मिलेर राहत वितरणमा लाग्न जोड दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्ष सुनिल शाहले एनआरएनए अमेरिकाले कोभिड–१९ सुरु भएको दिनदेखि नै सक्रिय रुपमा काम गरेको बताए ।

बैठकलाई सम्वोधन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कोभिड–१९ बिरुद्ध लड्न नेपाली दूतावास क्यानडा र संघबीच एक्यबद्ध भएर अघि बढेको बताए ।

उनले कोरोना प्रभावित क्यानाडाका बिभिन्न क्षेत्रका स्वास्थ्यसम्वन्धी सामग्री वितरण गरिएको बताए । उनले अध्यक्ष कुमार पन्तको नेतृत्वले सबै राष्ट्रिय समिति एक बनाएर अघि बढेको र संसारभरका एनआरएनमा सकरात्मक सन्देश दिएको भन्दै प्रशन्नता प्रकट गरे ।

डा श्याम कार्कीले कोराना पीडित गैरआवासीय नेपालीको लागि योजनाबद्ध राहत वितरणमा जोड दिए ।

एनआरएनए हेल्थ समितिका संयोजक सञ्जीव सापकोटाले कोभिड–१९ पछि अमेरिकामा ७ सय ५० र क्यानडामा १ सय ६० जना गैरआवासीय नेपालीलाई स्वास्थ्यसम्वन्धी सल्लाह दिएको जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा नआएकाले अझ थप ४ हप्ता लकडाउन आवश्यक हुने बताए ।

नेपाली अमेरिकन कम्युनिटीका प्रतिनिधि सुमन तिमल्सिनाले कोरोना पीडितका लागि तीनवटा हटलाइन सञ्चालन गरेको जनाए । उनले स्थानीय र एनसीसीले समन्यकारी भूमिकामा काम भइरहेको जनाए ।

नेपाली जनसम्पर्क समितिका नेता डा यादव पण्डितले अमेरिकामा रहेका विद्यार्थीमा सुरुमा देखिएजस्तो अहिले समस्या नभएको जानकारी दिए । उनले नेपाली दूतावास अमेरिकाले संमन्वय नगरेको र कोरोना पीडित विद्यार्थीसँग दूतावासले काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले गैरआवासीय नेपाली संघ परोपकारी संस्था भएर पनि निकै ठूलो काम गरेको भन्दै संघले सबै पक्षसँग समन्वय र संवाद गरेर अघि बढ्न सुझाव दिए ।

संघका अनरी काउन्सिलर रविन बज्राचार्यले कोभिड–१९ को प्रभावित क्षेत्र न्यूयोर्क क्षेत्रमा सकृय हुन एनआरएन अमेरिकालाई आग्रह गरे । उनले संघले राहत वितरणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरे ।

कोभिड–१९ को महामारीबिरुद्ध लड्न संघले फेसबुकमार्फत् जनचेतनालगायत स्वास्थ्य, विद्यार्थी, हेल्पडेक्सको कार्यदल बनाएर काम भइरहेको जानकारी दिँदै काउन्सिल बज्राचार्यले गैरआवासीय नेपाली संघ र नेपाल सरकारसँग समन्वयन गरेर काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाल फिर्तीको लागि तथ्यांक संकलन भइरहेको जानकारी दिए ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले कोभिड–१९ ले त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली प्रभावित भएको जानकारी दिए । उनले एनआरएनए क्षेत्रीय समिति न्युयोर्कले कोरोना पीडितका लागि राहत वितरण गरिरहेको बताए । उनले क्षेत्रीय समितिलाई केन्द्रबाटै नीति सुझावको अपेक्षा गरे ।

राजन त्रिपाठीको संयोजनमा भएको कार्यक्रमको सञ्चालन प्रमोद सिटौलाले गरेका थिए भने स्वागत मन्तव्य अमेरिका क्षेत्रीय महिला संयोजक उमा आरके थापाले गरेकी थिइन् ।

बैठकमा डिआरसी रामसी पोखरेल, आइसीसी सल्लाकार एसी शेर्पा, संजय थापा, पुरुसोत्तम ढकाल, एची भण्डारी, विष्णुहरि घिमिरे, कृष्ण लामिछाने, प्रेम अधिकारी, शैलेश श्रेष्ठ, एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय कृष्ण विजी पन्त, डिआर लामा, एनआरएनए कोभिड–१९ उच्चस्तीय समितिका प्रेस संयोजक चिरन शर्मा, अर्जुन बञ्जाडे, विष्णुमाया परियार, शंखर खड्का, डा राजन पन्त, मञ्जु संग्रौला, शरद अर्याल (चिल्ली), अभिमन्यु बस्नेत (क्यानडा), कृष्ण लामिछाने, प्रकाश सापकोटा, प्रतिक रेग्मी, पुरुसोत्तम बोहोरा, सूर्य लम्साल र नारायण घिमिरेले आ–आफ्नो भनाइ राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *