एनआरएनएले स्वास्थ्य मन्त्री ढकाललाई हस्तान्तरण गर्‍यो दोश्रो चरणको स्वास्थ्य सामाग्री

news-details

गैरआवासीय नेपाली संघले सरकारलाई कोरोना भाइरस विरुद्ध लडन दोश्रो चरणको स्वास्थ्य सामाग्री सहायता स्वरुप हस्तान्तरण गरेको छ । एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरुसँगको सहकार्यमा संघले उक्त सामाग्री उपलब्ध गराएको हो ।

गैरआवासिय नेपाली संघका उपाध्यक्ष सोनाम लामा र एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्द प्रसाद श्रेष्ठ (गोबिन्द)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बिहिबार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि गैरआवासीय नेपाली संघले सरकारलाई सहायता गर्ने निर्णय गरेकोमा यस अघि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । दोश्रो चरणको स्वास्थ्य सामाग्री एसिया प्यासिफिक क्षेत्रका दक्षिण कोरिया, चिन र मकाउका एनसीसी तथा त्यस क्षेत्रका एनआरएन अभियान्ताको संयोजनमा उपलब्ध गराइएको एसिया प्यासिफक क्षेत्रीय संयोजक श्रेष्ठले जानकारी दिए ।

दोश्रो चरणका सहयोग स्वरुप प्रदान गरिएको स्वास्थ्य समाग्रीहरुमा पिपिई सेट, के एन नाइन्टिफाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मामिटर, पंजाहरुका साथै अन्य अत्यावश्यक स्वास्थ्य सम्बन्धी सामाग्रीहरु रहेको संघ सचिवालयले जानकारी दिएको छ ।

उक्त अवसरमा स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तथा एनआरएनए बहराइनका संरक्षक श्याम तामाङ, एनआरएनए चिनका अध्यक्ष प्रदिप न्यौपानेलगायत एसिया प्यासिफक क्षेत्रका एनसीसीहरुका प्रतिनिधिहरु र संघको सचिवालयको सहभागीता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *