गैरआवासीय नेपाली संघले सरकारलाई कोरोना भाइरस विरुद्ध लडन दोश्रो चरणको स्वास्थ्य सामाग्री सहायता स्वरुप हस्तान्तरण गरेको छ । एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरुसँगको सहकार्यमा संघले उक्त सामाग्री उपलब्ध गराएको हो ।

गैरआवासिय नेपाली संघका उपाध्यक्ष सोनाम लामा र एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्द प्रसाद श्रेष्ठ (गोबिन्द)ले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बिहिबार उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

एनआरएनएले स्वास्थ्य मन्त्री ढकाललाई हस्तान्तरण गर्‍यो दोश्रो चरणको स्वास्थ्य सामाग्री

कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि गैरआवासीय नेपाली संघले सरकारलाई सहायता गर्ने निर्णय गरेकोमा यस अघि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । दोश्रो चरणको स्वास्थ्य सामाग्री एसिया प्यासिफिक क्षेत्रका दक्षिण कोरिया, चिन र मकाउका एनसीसी तथा त्यस क्षेत्रका एनआरएन अभियान्ताको संयोजनमा उपलब्ध गराइएको एसिया प्यासिफक क्षेत्रीय संयोजक श्रेष्ठले जानकारी दिए ।

दोश्रो चरणका सहयोग स्वरुप प्रदान गरिएको स्वास्थ्य समाग्रीहरुमा पिपिई सेट, के एन नाइन्टिफाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मामिटर, पंजाहरुका साथै अन्य अत्यावश्यक स्वास्थ्य सम्बन्धी सामाग्रीहरु रहेको संघ सचिवालयले जानकारी दिएको छ ।

एनआरएनएले स्वास्थ्य मन्त्री ढकाललाई हस्तान्तरण गर्‍यो दोश्रो चरणको स्वास्थ्य सामाग्री

उक्त अवसरमा स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तथा एनआरएनए बहराइनका संरक्षक श्याम तामाङ, एनआरएनए चिनका अध्यक्ष प्रदिप न्यौपानेलगायत एसिया प्यासिफक क्षेत्रका एनसीसीहरुका प्रतिनिधिहरु र संघको सचिवालयको सहभागीता रहेको थियो ।