विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोविड १९’ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट विश्वभर २८ नेपालीको मृत्यु, करिब १२ सय जनामा संक्रमण

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

नेपालमा १९ हजार ५ सय ५४ जनामा परिक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जना कोरोना मुक्त भएको समितिले जनाएको छ ।

कोरोना भाइरसबाट विश्वभर २८ नेपालीको मृत्यु, करिब १२ सय जनामा संक्रमण

संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ ।

कोरोना भाइरसबाट विश्वभर २८ नेपालीको मृत्यु, करिब १२ सय जनामा संक्रमण

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार विहीवार साँझसम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको छ ।

यसै बीच गैरआवासीय नेपाली (एनआरएन) को ‘कोविड १९’ उच्चस्तरीय समितिको बैठक आइतवार बस्ने भएको छ । संघका महासचिब डा हेम राज शर्माका अनुसार बैठकले कोरोना पिडितहरुको लागि राहत वितरणको लागि नयाँ नीति तय गर्ने भएको छ ।