एनआरएनएले कोरोना पीडितको सहयोगार्थ आर्थिक संकलनलाई दियो तिब्रता

अनलाइनबाटै सहयोग गर्न सकिने व्यवस्था
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीबाट पिडितको लागि विश्वभर रहेका नेपाली समूदायबीच आर्थिक संकलनलाई तिब्रता दिएको छ ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक समितिले कोरोना पिडितको लागि सहयोग गर्न ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरेर अनलाइन मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको संघले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अन्तर्गत पहिलो पटक अनलाईन मार्फत क्रेडिट वा डेभिट कार्ड प्रयोग गरी सहयोग गर्न सकिने व्यवस्था मिलाइएको संघका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरस ‘कोभिड–१९, राहत कोष’ को लागि विश्वभर छरिएका गैरआवासीय नेपालीहरुले संघको बैंक खातामा सिधैं सहयोग गर्न सक्ने तथा नयाँ अनलाइन पेमेन्ट प्रणालीबाट थोरै थोरै रकम पनि सहयोग गर्न सकिने उद्देश्यले वेभ एप्लिकेसन सञ्चालन ल्याइएको संघले बताएको छ । संघले केही दिनमा मोबाईल एप्सबाट पनि सहयोग गर्न सक्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

महाभुकम्प्प, बाढी पहिरो लगायतका आपतकालिन अवस्थामा झैं कोरोना महामारीको यस संकटपूर्ण परिस्थितिमा पनि विदेशस्थित नेपाली समूदायको उच्च सहयोग प्राप्त हुने अपेक्षा गरेको संघको भनाई छ ।

कोरोना भाइरसको महामारीबाट पिडितको लागि संघले विश्वभरका शाखाहरुलाई परिचालन गर्दै अहिलेसम्म २ करोड भन्दा बढि आर्थिक संकलन गरिसकेको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *