कोरोना भाइरसबाट सावधानी अपनाउन एनआरएन क्षेत्रीय संयोजक श्रेष्ठको आग्रह

एनआरएनएले एक करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रका क्षेत्रीय संयोजक रोबिन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न सबै नेपालीलाई सावधानी अपनाउन आग्रह गरेका छन् । क्षेत्रीय संयोजक श्रेष्ठले विश्वभरलाई आक्रान्त बनाएको भाइरसबाट जोगिन एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीले आफु सावधानी अपनाउँदै नेपालमा पनि सहयोग जुटाउन अनुरोध गरेका छन् ।

कोरोना भाईरसबाट बच्नका लागि नेपाल सरकारले एक हप्ताका लागि लकडाउन घोषणा गरेको अवस्थामा सबैले सहयोग गर्न पनि उनले अपील गरेका छन् । यस्तो अवस्थामा घरबाट बाहिर अत्यावश्यक बाहेक ननिस्कन र आफ्नो स्वास्थ्यको ख्याल राख्न श्रेष्ठको अपील छ ।

कोरोना भाइरसको अन्तर्राष्ट्रिय समस्याबाट जोगिनका लागि अहिले विश्वनै लागि पारेको समयमा एसिया प्यासिफिकमा रहेका एनआरएन एनसीसीले आफ्ना देशमा रहेका नेपालीहरुलाई सावधानीका लागि अनुरोध गर्न भनेका छन् ।
श्रेष्ठले भनेका छन्–‘ सबैभन्दा पहिला आफु बचौ, त्यसपछि सबैलाई बचाउन लागौं ।’

एनआरएनएले एक करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने

एनआरएनएले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरिसकेको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ ।

पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ ।
संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *