वैदेशिक रोजगारीमा पीडित भई फर्केका महिलाको सहजिकरणका लागि एनआरएन महिला फोरम र शक्ति समूहबीच सम्झौता

news-details

गैरआवासीय नेपाली संघ महिला फोरम र शक्ति समुहबीच वैदेशिक रोजगारमा पीडित भएर फर्किएका महिलाहरुका विषयमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।

एनआरएनएको कार्यालयमा मंगलबार एनआरएन महिला संयोजक भोमा लिम्बू र शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा विदेशबाट फर्किएका महिला कामदारका लागि उपयुक्त ठाउँमा हेल्प डेक्स स्थापना गर्ने, विदेशबाट एनआरएनले उद्धार गरी फर्काएको महिलालाई शक्ति समूहको सेल्टरमा राखेर स्वास्थ्य उपचार तथा परामर्श दिने र त्यसवापत लागेको खर्च एनआरएनएले ब्यहोर्ने रहेको छ ।

सम्झौतापछि एनआरएनए महिला संयोजक लिम्बूले वैदेशिक रोजगारमा गएर या विदेशबाट दुःख पाएर फर्किने महिलाहरुलाई एनआरएनएले रेस्क्यु गरेर स्वदेश पठाएपछि अव चाँहि शक्ति समुहले एयरपोर्टबाट पिकअप गरेर आफ्नो सेल्ट्रनमा राखेर उनीहरुको स्वास्थ्य उपचार गरी आफ्नो घरसम्म पु¥याईदिने व्यवस्थाका लागि सहमति गरेको जानकारी दिइन् ।

लिम्बूले भनिन्–‘विदेशमा दुःख पाएका महिलाहरुका लागि एनआरएनएले पहिलादेखि नै केही गरिरहेको छ अव स्वदेश फर्किएपछि पनि केही गरौ भनेर शक्ति समूहसँग सम्झौता गरेका हौ ।’

एनआरएनएसँगको सम्झौताले महिला बेचबिखन विरुद्ध नयाँ आयाम थपिने शक्ति समूहकी अध्यक्ष चरीमायाँ तामाङले बताइन् । उनले भनिन्–‘एनआरएन विश्वभर हुनुहुन्छ, उहाँहरुले जति पनि वैदेशिक रोजगारको क्रममा विदेशिनु भएका नेपाली नागरिकहरु जो अप्ठ्यारो परिस्थितिमा अथवा मानव बेचविखनमा परेको पहिचान भएपछि स्वदेश ल्याउनुहुन्छ, उहाँहरुलाई आफ्नोे परिवार वा समुदायमा जान सक्छु भन्ने अवस्थासम्म ल्याउनको लागि नेपालमा शक्ति समुहले कार्य गर्ने छ ।’

शक्ति समुहले नेपालमा ६ वटा सेल्टर संचालन गरिरहेको छ । विदेशमा दुःख पाएर फर्किएका महिलाहरुका लागि एनआरएनएको यो सम्झौतासँगै उद्धार तथा उपचारमा थप आयम थपिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *