‘कुमार पन्त फिर्ता जा’ भन्दै एनआरएनए अध्यक्ष पन्तविरुद्ध कालो झण्डा

वेलायत पुगेका एनआरएनए अध्यक्ष पन्त तानिए विवादमा
news-details

गैरआवासिय नेपाली संघको इतिहाँसमा पहिलो पटक आइसीसी अध्यक्ष विरुद्ध कालो झण्डा देखाइएको छ । एनआरएनको जग्गा खरिद प्रकरणमा विवादित बनिरहेको बेला अध्यक्ष पन्त विरुद्ध बेलायतमा आफ्नै सदस्यहरुले कालो झण्डा देखाएर विरोध गरेका छन् ।

एनआरएन वेलायतको १५ औं बार्षिकोत्सवमा सहभागी हुन कार्यक्रमस्थलमा पुगेका अध्यक्ष पन्तविरुद्ध आफ्नै सदस्यहरुले नारावाजी गर्दै विरोध गरे । कालो झण्डा देखाउँदै एनआरएनको एक समूहले ‘कुमार पन्त फिर्ता जा’ भन्दै विरोध गरेपछि कार्यक्रम विथोलिएको थियो ।

यसरी आफ्नै संस्थाका सदस्यहरुबाट कालो झण्डा खाने एनआरएनएमा पन्त पहिलो अध्यक्ष बनेका छन् । अध्यक्ष पन्त संस्थाको जग्गा खरिद प्रकरणमा प्रत्यक्ष संलग्न भएता पनि चोखिने प्रयासमा रहँदा एनआरएनबृतमा उनको राजिनामा माग्न थालिएको छ । यद्यपी उनले जग्गा खरिद प्रकरणमा आफै फसेको अभिब्यक्ति दिएर उम्कने प्रयास गरिरहेका छन् ।

यता बेलायतमा भएको आर्थिक घोटलाको छानबीनको माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको हो । धादलीपूर्ण मतदान प्रकृयाबाट निर्वाचित गरिएको आरोप लागेका एनआरएनए एनसीसी बेलायतका चार उपाध्यक्ष र कोषाध्यक्षले यस अघि नै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरिसकेका थिए ।

आईसीसी अध्यक्ष पन्तलाई एक पक्षले कार्यक्रमा बोलाएता पनि अर्को पक्षले बिबादित कार्यक्रममा न आउन सुझाउँदा समेत अध्यक्ष आफै विवादित कार्यक्रममा आएपछि कालो झण्डा खानु परेको छ ।

एनआरएनए यूकेको निबर्तमान कार्यसमितिले करिब चार लाख पाउन्डको हिसाबकिताब नबुझाएको र निर्वाचन पनि पारदर्शी नभएको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग गर्दै कार्यक्रमको विरोध गरेको जनाएका छन् ।

संस्थापक सदस्यहरुले बहिस्कार गरेको उक्त विवादित कार्यक्रमको लाइभ भिडियो र फोटो हेर्दा हल प्राय खाली भएको देखिथ्यो । केहीबेर कार्यक्रम विथोलिएको थियो भने हामीले तिरेको १० पाउण्डको हिसाव खोइ भन्दै विरोध भएको देखिन्थ्यो । अधिकाश संस्थापक सदस्यहरुले बहिस्कार गरेको उक्त विवादित कार्यक्रममा सहभागीहरुको संख्या न्युन रहेको थियो ।

यता एक पक्षले भने अध्यक्ष पन्तलाई गला भरिने गरी खादासहित रेड कार्पेटले स्वागत गरेको थियो । सामाजिक संस्थाका अध्यक्ष भएपनि खादा र रेड कार्पेटको तामझाम गरेर अर्को नाटक मञ्चन गरेको आरोप अर्को पक्षले लगाएका छन् ।

अर्कोतर्फ विश्व समुदाय नै कोरोना संक्रमणबाट त्रासमा भईरहेका बेला कार्यक्रमलाई स्थगित गरी कोरोना संक्रमणबाट सर्वसाधारणको स्वास्थ्य र जीवनको लागि जिम्मेवारी प्रदर्शन गर्न छोडेर संघका अध्यक्ष पन्त जर्मनीबाट रातो कार्पेट टेक्न बेलायत पुगेको भन्दै विवादले झन् उत्कर्षको रुप लिएको छ ।

एनआरएनका महासचिव डा. हेमराज शर्माको ग्राण्ड डिजाइनमा कार्यक्रम विवादित बनेको आरोप छ । कार्यक्रममा प्रमुख अतिथिकारुपमा राजदुतलाई आमन्त्रण गरेपनि दुतावासका प्रवक्ता शरदराज आरन सहभागी भएका थिए । गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ्ग, कार्यक्रम संयोजक रामशरण सिमखडा लगायत केहि कार्यसमितिका पदाधिकारीहरु मात्रै कार्यक्रममा उपस्थिती थियो ।

संस्थापक सदस्यहरु, बिभिन्न संघसँस्थाका प्रतिनिधीहरु, केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, सल्लाहाकार, केन्द्रीय पार्षद लगायतले कार्यक्रम बहिष्कार गरेका थिए । अध्यक्ष बन्नुभन्दा पहिला नियमित सम्पर्कमा रहने अध्यक्ष पन्तलाई यस विषयमा जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *