अस्पतालमा उपचार गराइरहेका दुई नेपाली युवालाई एनआरएनए मलेसियाको आर्थिक सहायता

news-details

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया रहदा विरामी भएर अस्पतालमा उपचार गराइरहेका दुई जना नेपाली युवालाई एनआरएनए मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ ।

विरामी परेर अस्पतालमा उपचार गराइरहेका नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनीका बैजनाथ चौधरी र डडेलधुराका लोकबहादुर बिष्टलाई एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले अस्पताल नै पुगेर जनही एक-एक हजार रिङ्गगिट उपचार खर्च प्रदान गरेका हुन् ।

अध्यक्ष भट्टराईकै पहलमा मलेसियामा रहेका नेपाली कामदार समस्यामा पर्दा सहायता गर्नेगरी स्थापना गरेको कल्याणकारी कोषबाट उनीहरुलाई पहिलो चरणमा सहयोग गरिएको हो । उक्त कोषका लागि अध्यक्ष भएलगत्तै भट्टराइले व्यक्तिगतरुपमा ५० हजार रिङ्गगिट प्रदान गरेका थिए ।

उच्च रक्तचापको कारण बेहोस भएका चौधरी १ महिनादेखि क्वालालम्पुरको युनिभर्सिटी मलाया अस्पतालमा उपचारार्थ छन् भने बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले खुट्टा भाच्चिएका विष्ट पनि सोही अस्पतालमा उपचार गराइरहेका छन । दुबै जनालाई नेपाली दूतावास र एनआरएनएले स्वदेश फिर्ताको लागि पहल गरिरहेको अध्यक्ष हरि भट्टराइले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *