एनआरएनको जग्गा खरिदमा उपाध्यक्ष लामाको कुनै संलग्नता नरहेको स्पष्टोक्ती

news-details

गैरआवासीय नेपाली संघको भवन रहेको बालुवाटारको ललिता निवास परिसरको जग्गा खरिदमा आफ्नो कुनै संलग्नता नरहेको एनआरएनएका उपाध्यक्ष सोनाम लामाले स्पष्ट पारेकाछन् ।

संघको जग्गा खरिद गर्दा आफु संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको उपाध्यक्ष लामाको भनाई छ । उनले स्पष्ट पार्दै भनेका छन्–‘ जग्गा खरिद प्रकरणमा मेरो नाम जोडेर विभिन्न सामाजीक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति मेरो गम्भिर ध्यानर्कषण भएको छ, म सधै नै संघको हितका लागि निस्वार्थ भावनाले काम गर्दै आइरहेको छु ।’

उपाध्यक्ष लामाले संघको लागि कुनै प्रलोभन बिना निस्वार्थ हिसावले काम गर्दै आइरहेको हुँदा भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

यद्यपी उनलाई जग्गा खरिदगर्नुभन्दा पहिला नै जग्गा विवादमा छ भन्ने विषयमा भने जानकारी रहेको ललिता निवास जग्गा विवाद बाहिर ल्याउने अधिबक्ता युवराज कोइरालाले आरोप लगाउँदै आएका छन् । यस विषयमा भने लामाले बोल्न चाहेका छैनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *