एनआरएनए युगान्डाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

news-details

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगान्डाको आयोजनामा युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अफ्रिकी मुलुक युगान्डामा गैरआवासीय नेपालीले आयोजना गरेको रक्तदानमा नेपालीका अलावा स्थानीय युगान्डियन र अन्य देशका गरी १ सय २३ जनाले रक्तदान गरेका थिए ।

स्थानीय ब्लड बैंकलाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष विनोद थापाले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनि ३ लाख ४० हजार युनिट रगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ ।

रगतको अभावले धेरै युगान्डायालीहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिन गैरआवासीय नेपाली संघले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष प्रेमबहादुर श्रेष्ठले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका महासचिव कमल दत्त भट्टका अनुसार रक्तदानमा युगान्डायालीहरूको चासो हुने गरेको र नेपालीहरूलाई धन्यवाद दिने गरेका छन् ।

रक्तदान कार्यक्रमका महिला उपाध्यक्ष तारा गिरी, सचिव धनराज गिरी, कोषाध्यक्ष सञ्जीव सापकोटा, सहकोषाध्यक्ष कल्पना अर्याल गैरे, महिला संयोजक वर्षा क्षेत्री, कार्यकारी सदस्य श्रवण, रमा अर्याल, निक्कु केसीलगायतले समन्वय गरेका थिए ।

रक्तदान कार्यक्रम आयोजना गरेर युगान्डाली जनताको ज्यान जोगाउन गैरआवासीय नेपालीले गरेको कार्यको स्थानीय चिकित्सक डा डोरोथ्री चेयुले धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *