एनआरएनए ‘फेस टु फेस बैठक’ पोखरामा सम्पन्न, यस्ता छन निर्णयहरु

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ‘फेस टु फेस बैठक’ १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

गण्डकी प्रदेशको पोखरामा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको थियो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मुलुकबाट आएका संघका आइसीसी पदाधिकारी, आइसीसी सदस्यहरु, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जना सहभागी भएको संघको सचिवालयले जानकारी दिएको छ ।

बैठकले भ्रमण वर्ष सफल पार्न सक्रियतापूर्वक लाग्ने, आगामी कार्ययोजना सार्वजनिक गर्ने, अन्तर्राष्ट्रिय महाधिवेशन नभएको वर्ष विश्वसम्मेलन गर्ने, एनआरएनए फाउण्डेशन स्थापनाको प्रक्रिया अघि बढाउने, संघको सदस्यता वितरण तथा निर्वाचनलाई डिजिटिलाइजेशन गर्ने, संघको आर्थिक पारदर्शीता कायम गर्ने निर्णय गरेको छ ।

यस्तै यस अघि नै संघ र काठमाडौ महानगरपालिकाबीच नमुना सार्वजनिक शौचालय निर्माण गर्ने सम्झौता भए अनुसार उक्त कार्य अघि बढाउन बैठकमा सहभागी सदस्यहरुबाट ४० लाख रुपैया सहयोग संकलन भएको जानकारी दिइएको छ ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका समस्या समाधानको पहिचान गर्ने, श्रम बैंक स्थापनामा सहकार्य गर्ने, नागरिकता ऐन चाडो टुंग्याउन पहल गर्ने, संघको कोष मजबुद बनाउने लगायतको निर्णय पोखरा बैठकले गरेको छ ।

सोही अवसरमा संघले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका साथै प्रदेश सरकारका प्रतिनिधीहरुसँग गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्नका लागि अन्र्तक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

हेर्नुहोस १४ बुँदे निर्णय

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *