लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई गैरआवासीय नेपाली संघ मलेसियाले आर्थिक सहयोग गरेको छ ।

महाराजगंजमा रहेको टिचिङ अस्पतालमा नै पुगेर एनआरएन मलेसियाले मंगलबार चेम्जोङलाई एक लाख २ हजार एक सय हन्तान्तरण गरेको हो । एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराई, महासचिव हेमराज सापकोटा र सल्लाहकार चोलाकान्त पंगेनीले उक्त रकम विरामीलाई हस्तान्तरण गरेका हुन् ।

एनआरएन मलेसियाका केन्द्रिय सदस्य सन्तोष प्रकाश रिजालको पहलमा मलेसियामा रहेका सहयोगी हातहरुबाट आर्थिक संकलन गरिएको महासचिव सापकोटाले जानकारी दिए ।

एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले आफुले गरेको सहयोग रकम सानो भएपनि विश्वभर रहेका नेपालीहरुलाई अझ सहयोग गर्न आग्रह गरे । उनले भने–‘ हामीले साथ मात्र दिएका हौं, विरामीको सीध्र स्वास्थ्य लाभको कामना गर्दछौ ।’

एनआरएन मलेसियाको ब्लड क्यान्सर विरामी चेम्जोङलाई आर्थिक सहयोग

विरामी चेम्जोङले सहयोगीहरुलाई धन्यवाद दिदै आफ्नो उपचारमा सुधार हुँदै गएको बताइन् ।