एनआरएन मलेसियाको ब्लड क्यान्सर विरामी चेम्जोङलाई आर्थिक सहयोग

news-details

लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई गैरआवासीय नेपाली संघ मलेसियाले आर्थिक सहयोग गरेको छ ।

महाराजगंजमा रहेको टिचिङ अस्पतालमा नै पुगेर एनआरएन मलेसियाले मंगलबार चेम्जोङलाई एक लाख २ हजार एक सय हन्तान्तरण गरेको हो । एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराई, महासचिव हेमराज सापकोटा र सल्लाहकार चोलाकान्त पंगेनीले उक्त रकम विरामीलाई हस्तान्तरण गरेका हुन् ।

एनआरएन मलेसियाका केन्द्रिय सदस्य सन्तोष प्रकाश रिजालको पहलमा मलेसियामा रहेका सहयोगी हातहरुबाट आर्थिक संकलन गरिएको महासचिव सापकोटाले जानकारी दिए ।

एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले आफुले गरेको सहयोग रकम सानो भएपनि विश्वभर रहेका नेपालीहरुलाई अझ सहयोग गर्न आग्रह गरे । उनले भने–‘ हामीले साथ मात्र दिएका हौं, विरामीको सीध्र स्वास्थ्य लाभको कामना गर्दछौ ।’

विरामी चेम्जोङले सहयोगीहरुलाई धन्यवाद दिदै आफ्नो उपचारमा सुधार हुँदै गएको बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *