एनआरएन मलेसिया र अध्यक्ष भट्टराई भन्छन् –‘कोषको पैसा कोषाध्यक्षसँग छ’

news-details

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराई मलेसियामा रहेका आम श्रमिकको पक्षमा काम गर्नका लागि श्रमिक कल्याणकारी कोषमा रहनेगरी ५० हजार रिंगेट व्यक्तिगत प्रदान गरेका थिए । एनआरएन मलेसियाले सो रकमबाट श्रमिकको बृहत्तर हीतका लागि काम गर्ने जनाएको छ ।

पछिल्लो समय केही संचार माध्यमले एनआरएन मलेसिया र अध्यक्ष भट्टराईलाई बद्नाम गराएको भन्दै एनआरएन मलेसियाले भत्र्सना गरेको छ । एनआरएन मलेसियाका अध्यक्ष भट्टराई र कोषाध्यक्ष कृष्णप्रसाद नेपालले सोमबार प्रेस बिज्ञप्ती निकाल्दै केही मिडियाले अनाधिकृत, विना आधार, तथ्यहीन अफवाह फैलाएर समग्र एनआरएन मलेसिया र अध्यक्षको मान मर्यादामा आँच पु¥याएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ –‘नेतृत्वमा आएपछि अध्यक्ष हरि भट्टराईले एनआरएन श्रमिक कल्याणकारी कोषमा ५० हजार रिंगेट दिने घोषणा अनुसार एनआरएनको छैटौँ महाधिवेशनमा नवनिर्वाचित कोषाध्यक्षलाई हस्तान्तरण गरिसक्नु भएको छ । श्रमिकहरुको कल्याण तथा उद्धारका लागि सहयोग पु¥याउनका लागि अध्यक्षले व्यक्तिगतरुपमा हस्तान्तरण गरेको हो ।’

एनआरएन मलेसियाको आधिकारिक कोष स्थापाना भइनसकेको हुँदा अध्यक्षले हस्तान्तरण गरेको पैसा कोषाध्यक्षसँग नै रहेको विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष भट्टराई भन्छन्–‘चेक सक्कली÷नक्कली भन्न जरुरी नै छैन, मैले हस्तान्तरण गरेको पैसा कार्यसमितिको निर्णय अनुसार श्रमिकको बृहत्तर हीतका लागि नै खर्च गर्नेछौ ।’ अध्यक्ष भट्टराईले भनेका छन्–‘एनआरएनमा आफु लिन नभई दिन मात्र आएको हुँ । ’

एनआरएन मलेसियाको आफनै खाता नरहेको हुँदा कोषाध्यक्षले नै एनआरएनका विभिन्न रकमहरु राख्दै आउने गरेका छन् । विज्ञप्तीमा भनिएको छ –‘आम एनआरएन तथा मलेसियामा बसेका नेपालीहरुलाई थाहा छ, यहाँको नियम कानून अनुसार एनआरएनको वैंक खाता खोल्न मिल्दैन, एनआरएनले कोषाध्यक्ष मार्फत कार्यसमितिले निर्णय गरेर रकम खर्च गर्दै आएको छ ।’

अध्यक्ष भट्टराईले भावुक हुँदै भनेका छन्–‘सामाजिक भावले मलेसियामा रहेका नेपालीले पाएको दुःखमा मल्हम लगाउन गरेको व्यक्तिगत सहयोगलाई अतिरञ्जित बनाउँदा आज धेरै दुख लागेको छ ।’

यद्यपी एनआरएन मलेसिया सामाजिक तथा नेपालीहरुको बृहत्तर पक्षमा काम गर्न अझ शसक्त भएर जनाइएको छ । ‘भाम्रक तथा अतिरञ्जित अफवाहका पछाडि नलाग्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ ।

२०७६ भदौ ६ गते गैरआवासीय नेपाली संघले भट्टराईको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *