चौलागाईलाई एनआरएनएले बनायो नेपाल भ्रमण बर्षको मध्यपूर्व विजिनेश संयोजक

news-details

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल भ्रमण बर्ष २०२० विशेष समितिको मध्यपूर्व विजिनेश संयोजक नियुक्त गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा बनेको विशेष समितिमा चौलागाईं मध्यपूर्व विजिनेश संयोजक बनेका हुन् ।

मध्यपूर्वबाट नेपाल भ्रमण बर्ष सफल बनाउनका लागि चौलागाईले संयोजक भट्टसँगको सहकार्यमा काम गर्ने छन् । नेपाल भ्रमण बर्ष विशेष टाक्सफोर्सका ग्लोवल संयोजक भवन भट्टले चौलागाईलाई मध्यपूर्व विजिनेशन संयोजक नियुक्त गर्दै छिट्टै आफ्ना योजना र कार्यक्रमसहित अगाडि बढ्न अनुरोध गरेका छन् । चौलागाईले नेपाल भ्रमण बर्ष सफल बनाउनका लागि भरपुर सहयोग गर्ने बताएका छन् ।

यता कतारबाट नै एनआरएनएका आइसीसी सदस्य रमेश भट्ट नेपाल भ्रमण वर्ष २०२० को मध्यपुर्ब क्षेत्रको क्षेत्रीय संयोेजक चयन भइसकेका छन् ।

चौलागाईले केही दिन अगाडि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई भेटेर पर्यटन बर्ष सफल पार्नका लागि मध्यपूर्वका धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने जानकारी दिएका थिए । उनले मध्यपूर्वका पर्यटकहरुलाई सुरक्षा र विशेष सुविधा आवश्यक भएको मन्त्रीलाई सुझाएको बताए । उनले भने–‘मध्यपूर्वबाट धेरै पर्यटक नेपाल आउँछन् तर सुरक्षित महशुस गराउन हामीले सक्नुपर्छ ।’

चौलागाई भर्खरैमात्र नेपाल चेम्बर अफ कमर्शको कतार प्रतिनिधिमा नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले उनलाई अनररी ट्रेड रिप्रिजेन्टिभ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *