एनआरएनएको ‘फेस टु फेस बैठक’ पोखरामा हुदै, विशेष महाधिवेशनको मिति र स्थान टुंगो लगाइने

news-details

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी)को आगामी बैठक पोखरामा बस्ने भएको छ । संघको २१ डिसेम्बरमा सम्पन्न सचिवालयको विद्युतिय बैठकले सन् २०२० को जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा संघको प्रत्यक्ष ‘फेस टु फेस बैठक’  आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।

एनआरएनए आइसीसीको ‘फेस टु फेस’पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने बताइएको छ । साथै २ दिनसम्म चल्ने बैठकले आइसीसीको पहिलो बैठकले पारित गरेको संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने जनाइएको छ ।

सचिवालयको विद्युतिय बैठकले संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने तथा संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउने समेत निर्णय गरेको छ ।

साथै बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रोहवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे पनि बैठकमा व्यापक छलफल भएको थियो । मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय संघले गरेको छ । यस्तै बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

बैठकमा संघका अध्यक्ष कुमार पन्तले हालै लिएका निर्णयहरु बारे जानकारी गराएका थिए । उनले राष्ट्रिय समन्वय परिषद् बलियो भए मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद बलियो हुने धारणा राख्दै संघको विभिन्न परियोजनाको संक्षिप्त विवरण समेत दिएका थिए ।

अध्यक्ष पन्तले गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिदै संघलदे अहिले काठमाडौं महानगरपालिकासंगको सहकार्यमा काठमाडौंको केही स्थानमा आधुनिक र सफा शचालयको विकासका लागि पहल गरिरहेको र यसमा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई स्थान चुनेर सहयोग गर्न अनुरोध समेत गरे ।

संघको विद्युतिय बैठकमा विभिन्न राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संग सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको धारणा राख्नुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्का गतिविधिहरु बारे चासो राखेका थिए ।  उनीहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद्संगको सल्लाहमा हुनु पर्ने धारणा राख्दै आइसीसीका काममा आफुहरुको साथ सदैव रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *