नेपाल भारत सिमा विवाद विरुद्ध सवै देशका भारतीय दूतावासमा एनआरएनले ज्ञापनपत्र बुझाउने

news-details

भारत सरकारले हालै सार्वजनिक गरेको विवादित राजनीतिक नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि विश्वभरका गैरआवासीय नेपालीले विरोधस्वरुप आफ्नो देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

नेपाल भारत सिमा विवादका बारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद् (एनसीसी)लाई एनआरएन आइसीसीले परिपत्र गरिसकेको छ । नेपाल सरकारले प्रभावकारी कूटनीतिक पहल नगरिरहेको अवस्थामा विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गर्ने निर्णय गरेका हुन् ।

एनआरएनले संस्थागत रूपमै भारतको उक्त कदमको कडा शब्दमा आलोचना गर्दै तत्काल नेपालको जग्गा फिर्ताका लागि आह्वान गरिसकेको छ ।
नेपाल–भारत सीमा विवादबारे भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन राष्ट्रिय समन्वय परिषद्लाई परिपत्र जारी गरिसकिएको एनआरएनका महासचिव डा. हेमराज शर्माले जानकारी दिएका छन् ।

आफ्नो अनुकूलता हेरेर सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्ले सोही देशमा रहेको भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइने गरी परिपत्र जारी गरिएको डा. शर्माको भनाइ छ ।

भारतले लिपुलेकलगायत देशका विभिन्न स्थानमा गरेर ७१ स्थानमा सीमा अतिक्रमण गरेको तथ्याङ्क छ । लिपुलेक क्षेत्रको सीमा विवाद समेत नयाँ विवाद नभए पनि भारतीय गृह मन्त्रालयद्वारा सार्वजनिक नयाँ राजनीतिक नक्सापछि विवाद थप सतहमा आएको हो ।

दोस्रो संविधान सभाबाट संविधान जारी भएसँगै भारत सरकारले अघोषित नाकाबन्दी गरेको समयमा एनआरएनको आह्वानमा विश्वका संसारका २५ भन्दा बढी मुलुकमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन तथा विरोध पत्र हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *