गैरआवासीय नेपाली संघको प्रवक्तामा डिबी क्षेत्री चयन

news-details

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको परिषदमा ओमानका डिबी (डम्मर बहादुर) क्षेत्री मनोनित भएका छन । संघको बैठकले क्षेत्रीलाई प्रवक्तामा मनोनित गरेको हो ।

संघको निवर्तमान सचिव समेत रहेका क्षेत्री गत अक्टोवरमा सम्पन्न अधिवेशनमा महासचिवका प्रवल दावेदारसमेत थिए । खाडि मुलुक, मलेसिया मात्रै होइन विश्वभर रहेका श्रमिक नेपालीको प्यारो बन्न सफल क्षेत्रीले अन्तिम समयमा उम्मेदवारी दिनबाट पछि हट्दा धेरै एनआरएनहरु चकित परेका थिए ।

क्षेत्रीलाई वर्तमान कार्यसमितिले प्रवक्तामा चयन गरेर उनको योग्यता र कार्यक्षमताको कदर गरेको एनआरएन अभियानमा लागेका धेरैको भनाई छ ।

एनआरएनए एनसीसी ओमानको संस्थापक अध्यक्ष, आइसीसी मध्यपूर्व संयोजक हुदै सचिवको जिम्मेवारी कुशलतापूर्वक निभाएका क्षेत्री बहुचर्चित हजारे अभियानका अभियान्ता हुन ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा हुनुपर्ने भन्दै हजारे अभियान चलाएका क्षेत्रीको यो योजनामा सरकार र एनआरएनएबीच सहमति भएर कर्मचारी संचयकोषसँग यसको कार्यान्वयनका लागि सम्झौतासमेत भैसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *