एनआरएनको स्थगित निर्वाचन शुरु, समापन कार्यक्रम बोहेक अन्य कार्यक्रम स्थगित

news-details

गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तगर्त बुधबार रोकिएको मतदान शुरु भएको छ । विद्युतीय मतदान सुरु भएको केहि समयमै प्राविधिक समस्या आएपछि बिहिबार विहान १० बजे सम्मको लागि निर्वाचन स्थागित गरिएको थियो ।

अहिले १०ः३० बजेदेखि निर्वाचन प्रकृया अनुसार मतदान शुरु भएको छ । विद्युतिय मतदान नगरी मतपत्रमा मतदान गर्ने काम भइरहेको छ । बुधबार नै मतदान गर्ने कार्यक्रम रहेपनि संभव नभएपछि आजका सबै कार्यक्रमहरु स्थगित गरिएको एनआरएन सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले संवोधन गर्ने समापन कार्यक्रम भने निर्धारित समय बेलुका ५ बजेपछि हुने जनाइएको छ । निर्वाचन प्रकृया सम्पन्न गर्न समय लाग्ने हुँदा मत परिणाम आउन ढिला हुने भएको छ ।

संघको नयाँ नेतृत्वका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

४२ पदमध्ये १३ पदमा निर्विरोध

एनआरएनए आइसीसीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने ४२ पदमध्ये १३ पद निर्विरोध भएका छन् भने दुई पदमा कसैको पनि उम्मेद्वारी परेको छैन । बाँकी २७ पदका लागि ६१ उम्मेदवार चुनावी मैदानमा छन् ।

अधिकांश उम्मेदवार दुई प्यानलमा समेटिए पनि समेटिन बाँकी केही स्वतन्त्र उम्मेदवारका रूपमा पनि रहेका छन् । बुधबार नवौँ विश्व सम्मेलन अन्तगर्त नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी मनोनयन अगाडि भएको सहमति अनुसार मध्यपूर्व संयोजकमा प्रवीन गुरुङ, सहसंयोजकमा मनोज गोर्खाली र राजेन्द्रकुमार अर्याल (जोन) निर्विरोध निर्वाचित भएका हुन् ।मध्यपूर्व युवा संयोजकमा राज रेग्मी निर्वाचित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *