एनआरएनए सह–कोषाध्यक्षमा दाहाल जित सुनिश्चित

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालको नयाँ नेतृत्वका लागि सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका बेल्जियमका लोकप्रसाद दाहाल जीत नजिक पुगेका छन् ।

सह–कोषाध्यक्षका अर्का बलियो उम्मेदवार एसी शेर्पाले उम्मेद्धारी नदिने जानकारी सार्वजनिक भएसँगै दाहालको पक्षमा सर्बसम्मत हुने संभावना बढेको छ । शेर्पाले सो पदका लागि उम्मेद्धारी नदिने भएसँगै आफुलाई सबैभन्दा बलियो उम्मेद्धारको रुपमा उभ्याउँदै आएका दाहाललाई जित्नका लागि थप सहज बनेको हो ।

धादिङ बुढाथुममा जन्मिएका दाहाल बेल्जियममा सफल व्यवसायीका रुपमा परिचित छन् । बेल्जियममा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सफल दाहालले नेपालमा दुरदराजका ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा मानबीय सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

उनले आफ्नो उम्मेद्धारीसँगै पाँच वटा चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखा प्रणालीको विकास गर्ने दाहालको प्रतिबद्धता रहेको छ ।

पाँच प्रतिबद्धताहरु

१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।

२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।

३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।

४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।

५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *