मध्यपूर्वमा सर्वसम्मत : क्षेत्रीय संयोजक गुरुङ, उपसंयोजकमा गोर्खाली र अर्याल

news-details

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन मार्फत चयन हुने नयाँ नेतृत्वमा मध्यपूर्वले सर्वसम्मत गरेर एकताको सन्देश दिएको छ ।

लामो छलफल र एकता पछि एनआरएन मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रविन गुरुङ सर्बसम्मत चयन भएका छन् । मध्यपूर्व संयोजक पदमा नै उम्मेदवारी दिएका मनोज गोर्खाली उपसंयोजकमा बस्न राजी भएपछि एकता संभव भएको हो । मध्यपूर्व उपसंयोजक दुई पद भएकाले साउदी अरवका राजेन्द्र अर्याल (जोन) लाई अर्को पद दिने सहमति पछि अव मध्यपूर्वका लागि निर्वाचन नहुने भएको छ ।

यस अघि आफ्नो उम्मेदवारी घोषणा गरेका कुवेतबाट सुरज मास्के, कतारबाट विनोद भट्टराई, कतारबाटै नविन पोखरेलले सहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मध्यपूर्वमा सहमति भएपछि अव सचिव पदमा उम्मेदवारी दिएका आरके शर्मालाई सहज भएको छ । वर्तमान सचिव डिबी क्षेत्री महासचिवमा उम्मेदवारी नदिने निर्णयमा पुगेपछि आइसीसी उपाध्यक्षमा कतारबाट नरेन्द्र भाट र आइसीसी सचिव पदमा कतारबाट नै राजेन्द्रकुमार शर्मा (आरके) को उम्मेदवारी रहेको छ ।

त्यसैगरी युवा संयोजकमा यूएईबाट सुदिप कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वले अहिलेसम्म आइसीसी अध्यक्षको पद नपाएपनि यस पटक उपाध्यक्ष, सचिव र युवासंयोजक पद जसरी भएपनि लिने दाउमा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *