एसिया प्यासिफिक संयोजकमा श्रेष्ठ सबैभन्दा अब्बल

news-details

गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजक उम्मेदवार रोविन्द श्रेष्ठ ( गोविन्द) ले अन्य उम्मेद्धवारभन्दा अब्बल रहेको एनआरएनहरुले बताएका छन् । श्रेष्ठले एसियामा आफु साझा उम्मेदवार रहेको भन्दै आफनो जीत सुनिश्चित रहेको बताएका छन् ।

आफ्नो विजय सुनिश्चित भएपछि श्रेष्ठले अन्य उम्मेदवारसँग छलफल गर्दै सर्वसम्मत प्रयास जारी राखेका छन् । अघिल्लो कार्यकालमा नै जीत नजिक पुगेका श्रेष्ठ आउने कार्यकालका लागि अब्बल सावित पनि भइसकेका छन् ।

सामाजिक कार्यमा निकै सक्रिय रहेका श्रेष्ठलाई एसियाका सबै जसो एनसिसीको पूर्ण समर्थन रहेको बुझिएको छ । एसिया प्यासिफिकका देश दौडाहा गरिसकेका श्रेष्ठले आफनो प्रमुख एजेन्डा एनआरएनलाई संस्थागत गर्न र एसियाभित्र रहेका गैर आवासीय नेपालीका समस्या समाधानको लागि पहल कदमी नै भएको बताएका छन् ।

एसियाभित्र सबैभन्दा बढि गैर आवासीय नेपाली रहेको मलेसियामा कार्यरत नेपाली श्रमीकहरुको हक हित र समस्या समाधानमा आफू केन्द्रित हुने श्रेष्ठको भनाई छ । विशेष गरि वैदेशेकि रोजगारीलाई ब्यवस्थित गर्नु नै अहिलेको मुख्य दायित्व रहेको भन्दै श्रेष्ठले संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने योग्य ब्यक्ती आवश्यक भएकोमा समेत जोड दिए ।

श्रेष्ठले एसिया क्षेत्रभित्र जेलमा रहेका नेपालीको अवस्था बुझेर स्वदेश फिर्ता पठाउन पहल गर्ने, श्रमीकको सवालमा सशक्त आवाज उठाउने, नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल बनाउन सघाउने, आइसिसीले अख्तियार गर्ने हरेक नीति तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्नेलगायतका आफना एजेन्डा प्रस्तुत गरेका छन् ।

उनीसँगै क्षेत्रीय संयोजकमा जापानबाट नै ओम गुरुङ र कोरियाबाट केपी सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *